• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी

पार्टीहरुको मन्त्री फेर्ने निर्णय : मन्त्रालयमा अस्थिरताको निरन्तरता 

64x64
नेपाल लाइभ मंगलबार, असार १४, २०७९  २०:३४
1140x725

काठमाडौं- जनता समाजवादी पार्टीले मन्त्री हेरफेरको तयारी सुरु गरेको छ। सोमबार साँझ उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिको बैठकले पुराना मन्त्रीहरु फिर्ता बोलाउने र नयाँलाई पठाउने लगायतका निर्णय गरेको नेताहरुले बताएका छन्। अन्तिम निर्णय गर्ने अधिकार यादवलाई दिइएको छ।

जसपाभित्र उपेन्द्र यादव र बाबुराम भट्टराईबीचको विवाद उत्कर्षमा पुगिरहेका बेलामा यादव पक्षले पार्टीमा थप विग्रह आउने खालको निर्णय गरेको हो। सो बैठकमा भट्टराई पक्षका कार्यकारिणी सदस्यहरु उपस्थित नभएकाले यादव पक्षको निर्णयको प्रतिवाद हुने निश्चित जस्तै छ।

जसपाको एक पक्षले त्यही दिन निर्णय गरेको हो, जुन दिन एकीकृत समाजवादीका तर्फबाट बनाइएका नयाँ मन्त्रीहरुले सपथ लिएर पदभार सम्हालेका थिए। एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि तीन हप्तापछि कार्यान्वयनमा आएको थियो। जसपाको निर्णय कहिले कार्यान्वयन हुन्छ भन्ने निश्चित छैन।

एकीकृत समाजवादीको निर्णय जसोतसो कार्यान्वयनमा आएको छ। तर, पार्टीभित्र यसले केही तनाव सिर्जना गरायो। पार्टीभित्र सामूहिक हस्ताक्षर चल्यो। मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा शीर्ष तहका नेताहरुले गठबन्धनका अन्य नेतालाई समेत आरोप लगाउने स्थिति बन्यो।

जसपाको निर्णयले कुनै ठूलै हलचल ल्याइसकेको त छैन। तर, त्यसले पार्टीलाई थप जटिलतातर्फ लैजाने र  गठबन्धनलाई प्रभाव पार्ने आकलन गर्न सकिन्छ।

Ncell 2
Ncell 2

पार्टीको आन्तरिक जीवन र सत्ता गठबन्धनमा प्रभाव पार्ने त छँदैछ, यसरी मन्त्री फेर्ने निर्णयले मन्त्रालयहरुमा अस्थिरताको सिर्जना हुने देखिन्छ।

अघिल्ला प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालको पछिल्ला केही महिना मन्त्री हेरफेरमा निकै उर्जा खर्च गरेका थिए। जसका कारण मन्त्रीहरुले ठोस रुपमा केही काम गर्न नसक्ने वा नपाउने भएको थियो। अघिल्लो असार अन्तिममा शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि जिम्मेवारीमा सामान्य हेरफेरबाहेक ठूलो परिवर्तन भएका थिएनन्। तर, एकीकृत समाजवादीले सुरु गरेको पछिल्लो शृंखला जसपा, माओवादी केन्द्र हुँदै कांग्रेससम्मै पुग्ला कि भन्ने आशंका बढेको छ।

एकीकृत समाजवादीले सुरुमा मन्त्री बनाउँदा ६ महिनाका लागि भनेर पठाएको भनिएको छ। त्यस्तै खालको प्रतिक्रिया जसपाबाट पनि आइरहेको थियो। माओवादी केन्द्रभित्र पनि एक पक्ष सरकारमा जान आकांक्षी रहेको छ।

यसरी कुबेलामा र सार्वजनिक रुपमा औचित्य स्थापित गर्न नसक्ने गरी मन्त्रीहरु हटाउने र बनाउने काम गर्दा मन्त्रालयको काम त प्रभावित हुन्छ नै, यति ठूलो जिम्मेवारी केटाकेटी खेल जस्तो बन्न पुग्छ। त्यसले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा र चलखेल सिर्जना गर्ने मात्रै होइन, कालान्तरमा यस्तै ६/६ महिनामा आलोपालो गर्ने परम्परा स्थापित हुनसक्छ। यस्तो हुँदै जाँदा अन्य विकृति बढ्न जान्छ। मन्त्रीहरुले पनि निरन्तर जवाफदेही हुने खालका निर्णय गर्ने भन्दा लोकरिझ्याइँ र स्वार्थप्रेरित निर्णय गर्ने सम्भावना बढ्छ।

मन्त्रीमा हेरफेर गर्ने निर्णय अवश्य पनि पार्टीको हो। तर, कोही मन्त्री विवादित भएमा आवश्यक छानबिनका लागि फिर्ता बोलाउने, कोही मन्त्रीले प्रभावकारी भूमिका खेल्न नसकेमा पनि फिर्ता बोलाउन सक्छ। तर यस्ता कामको सार्वजनिक रुपमा औचित्य स्थापित हुनसक्नुपर्छ। तर, पार्टीभित्रका शक्ति संघर्षबाट प्रेरित भएर वा अन्य स्वार्थका कारण मन्त्री बनाउने र फिर्ता बोलाउने काम नैतिकपूर्ण हुँदैन।

आफूले नेतृत्व गरेका गठबन्धनका दलहरुसँग प्रधानमन्त्री देउवाले गम्भीर छलफल गर्नु जरुरी छ। उनीहरुकै भाषामा 'प्रतिगमनको विरुद्धमा बनेको गठबन्धन'को मुख्य काम सोही अनुसार हुनुपर्छ, बाँडीचुँडी खाने सिद्धान्तबाट निर्देशित हुनुहुँदैन भनेर बताउनुपर्छ। कुन बेला कुन मन्त्री फिर्ता जाने हो र नयाँ आउने हो भन्ने भयो भने प्रधानमन्त्रीले आफ्नो नीतिअनुसार सम्बन्धित मन्त्रालयलाई हिँडाउन सक्दैनन्, जसले मन्त्रिपरिषद्को समग्र नतिजामै असर पर्छ। 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु, तस्बिरहरू
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री
देउवा भेट्न पुगे ओली
सम्बन्धित सामग्री
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु, तस्बिरहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
देउवा भेट्न पुगे ओली महाराजगञ्जस्थित देउवा निवासमा पुगेका अध्यक्ष ओली र सभापति देउवाबिच भेटवार्ता भइरहेको हो । शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु, तस्बिरहरू शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री शुक्रबार, मंसिर १९, २०८२
देउवा भेट्न पुगे ओली शुक्रबार, मंसिर १९, २०८२
राप्रपाको निष्कासनपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त शुक्रबार, मंसिर १९, २०८२
प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्