• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

चुनाव जितेपछि बल्ल काठमाडौं देख्न पाइन् राजकलाले

64x64
धनु विश्वकर्मा शुक्रबार, असार २४, २०७९  ०९:१५
1140x725

काठमाडौं– राष्ट्रिय सभागृह परिसरमा नेताहरूको निकै भिडभाड थियो। कोही भित्र–बाहिर गरिरहेका थिए। कोही भने कानेखुसी गर्दै थिए। रातो कुर्ता–सुरुवाल लगाएर त्यही भिडमा उभिएकी थिइन् एक महिला। उनी थिइन् बाजुराको हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्की।

गएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट उनी उपाध्यक्षमा निर्वाचित भएकी हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम राखेकाले काठमाडौं आएकी उनी गएको असार २ गते राष्ट्रिय सभागृह पुगेकी थिइन्।

उनको संघीय राजधानीको यात्रा नै पहिलो पटक भएको हो। ‘यसअघि काठमाडौं कहिल्यै आउने काम परेन। उपाध्यक्ष भएपछि भने आउन पाएँ। टाढा रहेछ। तर, राम्रै रैछ,’ उनले भनिन्। काठमाडौंमा उनी बहिनी ज्वाइँकहाँ बसिन्। अरु आफन्त कोही थिएनन्। उनी सहभागी हुने कार्यक्रममा पनि ज्वाइँले नै पुर्‍याइदिए।

परिवारका चार जनाको हत्या 
जगनाथ गाउँपालिका-१ लुमामा जन्मिएकी राजकला परिवारकी जेठी छोरी हुन्। आर्थिक रुपमा विपन्न भए पनि उनको परिवारमा शिक्षाप्रति सचेतना थियो। सोही कारण उनले सानै उमेरदेखि विद्यालय जाने अवसर पाइन्। तर, ११ वर्षकै उमेरमा बुबा गुमाउनुपर्‍यो। २०५९ मंसिर ७ गते तत्कालीन विद्रोही माओवादी र शाही नेपाली सेनाको भिडन्तमा उनका बुवा मारिएका थिए।

उक्त भिडन्तमा उनका बुवा मात्रै नभएर खेतमा काम गर्दै गरेका अन्य तीन सदस्य पनि मारिए। मृत्यु हुनेमा साइँला बुवा मोती सार्की, मामा रनमल बिटालो र काका गगने सार्की थिए। ‘घरमा कमाउने छोरा मान्छे एकैसाथ मारिएपछि निकै गाह्रो भयो। तर, पनि हाम्रो पढाइ र लालनपालनको लागि आमाले निकै दुःख गर्नुभयो’, राजकला भन्छिन्। 

श्रीमानको सहयोग 
पढ्दापढ्दै हिमाली गाउँपालिका–६ धिमका रुपमल सार्कीसँग उनले भागेर विवाह गरिन्। भनिन्छ, ‘हरेक सफल व्यक्तिको पछाडी जीवनसाथीको हात हुन्छ।’ राजकलाको जिन्दगीमा पनि श्रीमान रुपमल सहयोगी बने। उनले विवाहपछि पनि राजकलाको पढाइमा बाधा हुन दिएनन्।

घर सम्हाल्दै राजकलाले एसएलसी पास गरिन्। पछि मुगुको रातामाटाबाट कक्षा १२ पनि उत्तीर्ण गरिन्। 

धिमको ६५ परिवार दलित समुदायमा राजकला सबैभन्दा शिक्षित बुहारी हुन्। सोही कारण पनि समुदायमा उनको पहिचान बेग्लै छ। गाउँघरमा हुने सामाजिक काममा सधैं उनी सरिक हुन्छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

देश निर्वाचनको संघारमा रहँदा धिमगाउँका किसान भने बाली भित्र्याउँदै थिए। राजकलाका परिवार पनि बाली भित्र्याउन व्यस्त थिए। यता राजकला गाउँपालिका उपाध्यक्षको उम्मेदवार भएका कारण उनलाई बोझ नहोस् भनेर रुपमलले घरको काम सबै आफैंले गरेर फुर्सद् दिए। 

‘म नेतृत्वमा आउनु उहाँकै देन हो। उहाँले मेरो हरेक पाइला–पाइलामा सहयोग गर्नुभएको छ। घरायासी कामदेखि अन्य खर्च जोहो गर्ने काम सबै उहाँले नै गर्नुहुन्छ’, उनी भन्छिन्, ‘प्रचार–प्रसारमा असर पर्छ भनेर उहाँले बाली भित्र्याउने बेला कुनै काम गर्न दिनुभएन। म सोही कारण पनि जनताको घरदैलोमा भनेको समयमा जान पाएँ।’

यतिबेला पनि गाउँमा रोपाइँको चटारो सकिएको छैन। रोप्नेरी पाउन मुस्किल हुन्छ। तर, पार्टीको प्रशिक्षणका लागि काठमाडौं आउन रुपमलले नै प्रेरित गरे। ‘तिमी आफ्नो जिम्मेवारी पूरा गर। बरु मान्छे लगाउँला, तिमी घरको काममा अल्झिनुहुन्न भन्नुहुन्छ श्रीमानले’, राजकलाले सुनाइन्। 

पार्टीप्रति सधैं लगनशील 
राजकलाका माइती माओवादी समर्थक हुन्। तर, कोही पनि सक्रिय राजनीतिमा लागेका थिएनन्। यता रुपमलका परिवार भने एमाले समर्थक। उनको परिवार मात्रै होइन, त्यहाँको पूरै दलित समुदाय एमाले समर्थक। राजनीतिक पृष्ठभूमि नभए पनि समुदायमा सबैभन्दा धेरै शिक्षित बुहारी भएका कारण उनलाई राजनीतिमा आउन सहज भयो। 

Xtrem

Xtrem

यसपटक मात्रै होइन, अघिल्लो निर्वाचनमा पनि राजकला हिमाली गाउँपालिकाको उपाध्यक्षकै उम्मेदवार बनेकी थिइन्। तर, त्यसबेला भने उनले जित्न सकिनन्। उनको लगनशीलता र इमानदारिताकै कारण उनले पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा उपाध्यक्षको टिकट पाएकी हुन्। 

सक्रिय कार्यकर्ताका रुपमा पार्टीमा होमिएको भने धेरै भएको छैन। पहिलो निर्वाचनमा पराजित भए पनि पार्टीले जिल्ला कमिटीमा मनोनीत गर्‍यो। त्यसपछि १०औं महाधिवेशनमा उनी जिल्ला कमिटी सदस्यमा निर्वाचित भइन्। 

पछिल्लो पाँच वर्षमा उनले राजनीति र नेतृत्वबारे धेरै कुरा सिक्ने मौका पाइन्। उनलाई जसरी पनि आफ्नो गाउँ विकासका लागि नेतृत्वमा पुग्नु  थियो। 

दलित नेताका अप्ठ्यारा अनेक
अशिक्षा, गरिबी र पछौटेपन मात्रै होइन, मध्य तथा सुदूरपश्चिमका दुर्गम क्षेत्रमा जातीय भेदभाव पनि उत्तिकै छ। पहिलो निर्वाचनमा उनी थोरै मतान्तरले पराजित भएकी थिइन्। तर, हार्नुको मुख्य कारण भने उनी कथित तल्लो जातकी हुनु रहेको राजकलाको अनुभव छ।

‘पहिलोपटक भोट माग्न जाँदा गाउँलेले नै एक त महिला त्यसमाथि दलित नेता भए कसरी नमस्कार गर्नु? सम्म पनि भने,’ राजकला भन्छिन्, ‘सायद त्यही कारण पनि मैले पहिलोपटक निर्वाचन जित्न सकिनँ होला।’ 

सुरुमा त उनलाई आफ्नै समुदायका मानिसले पनि शंकाको दृष्टिले हेरेका थिए। ‘अन्य समुदायमा मात्रै होइन, मेरै समुदायका मानिसले पनि दलित महिलाले नेतृत्व गर्न सक्छे कि नाई भनेर शंका गरे’, उनी भन्छिन्, ‘तर, मैले मेरा समुदायका सबैलाई मनाएँ। मेरो नेतृत्व हुँदा समुदायलाई कति फाइदा हुन्छ भन्ने कुरा बुझाएँ। पछि सबै एक भएर नेतृत्वका लागि पार्टीमा पनि दबाब बढायौं।’

दलित समुदाय एक हुँदा निर्वाचित 
एक त महिला त्यसमाथि विपन्न दलित समुदायबाट भएकाले पनि राजकलालाई निर्वाचन जित्न सहज थिएन। त्यसैमा उनी पहिलेदेखि श्रीमानसँग कोल्टीमा बस्दै आएका थिइन्। गाउँमा धेरै नबसेकाले पनि राजकलालाई त्यहाँको माहोलबारे खासै जानकारी थिएन।

निर्वाचनमा उठ्ने भएपछि उनी धिम आइन् र प्रचार प्रसारको काममा जुटिन्। पहिले त उनलाई आफ्नै समुदायलाई एक बनाउन समय लाग्यो। किनकि, पहिलो निर्वाचनमा उनले पराजय भोग्नुका पछाडि समुदायसँग घुलमिल नहुनुलाई पनि एक कारणका रुपमा लिएकी थिइन्। 

‘म नेतृत्वका लागि सक्षम छु। मेरो नेतृत्व भयो भने आफ्नो समुदायको लागि केही गर्न सक्छु भनेर सबैलाई विश्वास दिलाएँ’, उनी भन्छिन्, ‘समुदायका सबै एक भएपछि अन्यत्र मत माग्न जान पनि सहज भयो।’ 

आफ्नो समुदायको बाहुल्यता हुँदा पनि चुनाव जित्न सहज भएको उनको अनुभव छ। तर, चुनाव जित्न लागि पैसा खर्च गर्नुपर्ने विकृतिबाट उनी हैरान छिन्। उनीसँग भने पैसा थिएन। उनका श्रीमान कुखुरा फार्म चलाउँछन्। त्यही फार्मबाट आएको पैसाले घरखर्च चल्छ। ‘पैसा नै नभएकी मान्छे कसरी चुनाव जित्ली भनेर प्रश्न पनि गरे। पहिलो पटक हार्दाको दोस्रो कारण मसँग टन्न सम्पत्ति नहुनु पनि हो,’ उनी भन्छिन्। 

अन्ततः दोस्रो पटक उनी विजयी भइन्। उनले गत निर्वाचनमा २ हजार ३६७ मत ल्याएकी थिइन्। उनकी प्रतिद्वन्द्वी कांग्रेसकी कमला रावत (रोकाया)ले २ हजार २८६ मत पाइन्। पार्टीप्रतिको लगनशीलता र समाजका लागि केही गर्नसक्छु भन्ने आँटकै कारण आफूले दोस्रोपटक पनि टिकट पाएको र जितेको उनी बताउँछिन्। 

उनले अब आफ्नो क्षेत्रमा व्याप्त रहेको विभेद अन्त्य गर्ने अठोट लिएकी छिन्। आफूजस्तै विपन्न समुदायका महिलालाई नेतृत्वमा पुर्‍याउनु आफ्नो सपना भएको उनी बताउँछिन्। ‘म उपाध्यक्ष भएपछि मात्रै काठमाडौं आउन पाएँ। हुन त सम्पन्न परिवारका छोरीहरु अध्ययनका लागि आउँछन्। तर, मेरो चाहना हामीजस्ता विपन्न समुदायका छोरीहरुले पनि राजधानीसँग आफ्नो आवाज राख्न पाउन्। यसका लागि मेरो गाउँपालिकामा छोरीहरुको शिक्षाका लागि केही गर्न चाहन्छु’, उनी भन्छिन्। 

बालविवाह, छाउ (महिनावारि) हुँदा गोठमा बस्नुपर्ने कुप्रथा र जातीय विभेदजस्ता कुसंस्कार अन्त्यका लागि योजना बनाउने बताएकी छन्। उनी सुदूरपश्चिमका स्थानीय तहमा दलित समुदायबाट उपाध्यक्षको नेतृत्वगर्ने एक्ली महिला हुन्।

संघीय राजधानीबाहिरका मानिसलाई काठमाडौं आएपछि यहाँका धार्मिकस्थल एकपटक पुग्ने चाहना हुन्छ।राजकलालाई पनि यहाँ आएपछि पशुपति र स्वयम्भू पुग्छु भन्ने सोंच थियो। तर, जुन कुरा अन्त्य गर्न उनी लड्ने अठोटमा छिन् त्यसैले उनलाई मन लागेको ठाउँमा पुग्नबाट रोक्यो। 

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्