काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
असार २३ मा पुनः मतदान गर्ने निर्णय रोकेर मतदानको मतगणना गर्नुपर्ने माग राख्दै रिट दायर भएको थियो। तर, अदालतले भने पुनःमतदान रोक्ने विषयमा भने अन्तरिम आदेश दिन मानेन।
निर्वाचन आयोगले बुढीगंगामा ३० बैशाखको मतदान रद्द गरी २३ असारमा पुनः मतदानको निर्णय गरिसकेको छ। बाजुराको बुढीगंगाका दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिकै मतदानको मतगणना गर्न भनि माग भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
सर्वोच्च अदालतको आदेशसँग अब असार २३ गते निर्वाचनका लागि बाटो खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।