काठमाडौं- नेपाली कांग्रेसबाट विनोद चौधरीले प्रत्यक्ष चुनाव लड्ने आकांक्षा गरिरहेको नवलपुर-२ मा युवा नेता शंकर तिवारीले उम्मेदवारी घोषणा गरेका छन्।
उनले पूर्व उम्मेदवार विष्णु कार्की र उद्योगी तथा कांग्रेस नेता चौधरीको आकांक्षा स्वभाविक भए पनि परम्परागत राजनीतिमा बदलावका लागि आफू मैदानमा उत्रिने बताएका हुन्।
'नवलपुर-२ मा गत निर्वाचनमा नेपाली कांग्रेसतर्फ बाट उपबिजेता विष्णु कार्कीको स्थानीय रुपमा लोकप्रियता निर्विवाद छ भने अर्कातर्फ व्यवसायी विनोद चौधरीले पनि आफ्नो प्रत्यक्षतर्फको आकांक्षा नवलपुर-२ मा रहेको घोषणा गरेका छन्,' उनले आफूले उम्मेदवारी दिने तय गरिसकेको बताउँदै भने, 'परम्परागत राजनीतिमा बदलाव खोजिरहेका, युवा पुस्ता र पहिलोपटक भोट हाल्ने मतदाता माझ अर्कै लहर पनि चलिरहेको छ। उनीहरुले राजनीतिमा पुस्तान्तरण खोजिरहेका छन्।'
स्थानीय निर्वाचनले अभूतपूर्व राजनीतिक परिवर्तनको सन्देश दिएको उनको भनाइ छ। उनले स्थानीयहरु आफूसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संवादमा आएर उम्मेदवारीका लागि गरिएको सल्लाह, आशीर्वाद, आग्रह तथा दिइएका शुभकामना मुताबिक उम्मेदवारी दाबी गरेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।