काठमाडौं- वामदेव गौतमले घोषणा गर्ने पार्टीको नाम ‘नेकपा राष्ट्रिय एकता अभियान’ हुने भएको छ। पार्टीमा ६९ जना केन्द्रीय सदस्य रहने भएका छन्।
गौतमको संयोजकत्वमा घोषणा हुने पार्टीको सचिव डीबी कार्कीलाई तोकिएको छ। उक्त पार्टी प्रचार संयोजक निमकान्त पाण्डे रहेका छन्। मंगलबार दिउँसो तीन बजे पार्टी घोषणा तय गरिएको छ।
पार्टीले कम्युनिस्ट दलहरुलाई एकताका लागि पहल गर्ने बताइएको छ। नेकपा फुटेर एमाले र माओवादी केन्द्र ब्युँतिएपनि गौतम भने स्वतन्त्र रहेका थिए।
स्वतन्त्र रुपमा एकताका लागि पहल गरिरहेका गौतमले त्यसरी सम्भव नभएपछि पार्टी नै गठन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।