• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ११, २०८३ Thu, Jun 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जीवनराम श्रेष्ठ : वडाध्यक्ष हुँदै खेलकुदको फन्को मारेर पर्यटनमन्त्री

64x64
नेपाल लाइभ सोमबार, असार १३, २०७९  १९:५२
1140x725

काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सोमबार पदभार सम्हाल्दै गर्दा दुई वटा महत्वपूर्ण निर्णय गरे। कोभिड–१९ को महामारीले थला पारेको पर्यटन क्षेत्रलाई उकास्ने कार्ययोजना ल्याउने र हनुमानढोकादेखि स्वयम्भुसम्मको सांस्कृतिकसम्पदा पदमार्ग निर्माण गर्ने कामलाई प्राथमिकतामा राख्ने निर्णय गरे। 

उनको पहिलो निर्णयमा स्वयम्भु जोडिनुको पनि संयोग रहेको छ। उनी २०२२ मंसिर १५ गते स्वयम्भुमा जन्मिएका हुन्। यही क्षेत्रबाट उनी वडाध्यक्ष भए र संघीय सांसद पनि। 

उनी लामो समय खेलकुदको कार्यकारी पदमा रहे। तर खेलकूद क्षेत्रमा प्रवेश भने राजनीतिले नै सहज बनाएको थियो।

२०४२ मा तत्कालीन नेकपा(माले) को वडा सचिवबाट राजनीतिमा प्रवेश गरेका उनले तत्कालीन एमालेका विभिन्न कमिटीमा रहेर काम गरेका थिए। एमालेको भातृसंगठन युवा संघको उपाध्यक्ष पनि भए उनी। 

त्यस्तै, नगर कमिटी, जिल्ला कमिटी हुँदै एमालेको आठौं र नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा रहेर आफ्नो राजनीतिलाई अघि बढाएका थिए। २०७८ मा एमाले विभाजन हुँदा उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीतर्फ लागे। उनी अहिले उक्त पार्टीका केन्द्रीय सचिव तथा संसदीय दलका सचेतक छन्। 

उनी २०४९ सालको स्थानीय निकाय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर १५ बाट वडाध्यक्ष पदमा समेत निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गरेका थिए। 

उनकोे खेलकुद क्षेत्रको कार्यकारी पदमा प्रवेश भने २०५३ बाट भएको हो। श्रेष्ठले तत्कालीन खेलकुदमन्त्री विष्णु पौडेलको पालामा राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवको नियुक्ति पाएका थिए। २०६३ सम्म उनी उक्त पदमा रहे। उनको उक्त कार्यकालमा नेपालले खेलकुद क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

श्रेष्ठ २०७६ बाट नेपाल ओलम्पिक कमिटीका अध्यक्षका रुपमा छन्। यसअघि ओलम्पिक कमिटीको दुई कार्यकाल महासचिवको रुपमा काम गरिसकेका छन्। 

सक्रिय राजनीति र खेलकुद क्षेत्रलाई सँगसँगै अघि बढाएका श्रेष्ठ २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएर संघीय संसदमा प्रवेश गरेका थिए। पार्टी राजनीति र खेलकुदसँगै उनी स्वास्थ्य क्षेत्रमा पनि संलग्न छन्। उनी हाल हाल सामुदायिक स्वास्थ्य सेवा परिषदको संरक्षकका रुपमा छन्। 

श्रेष्ठकै गृहवडाका रुपमा रहेको १५ नम्बरबाट अहिले स्थानीय निर्वाचनमा एकीकृत समाजवादीले वडाध्यक्षमा जित हासिल गरेको छ। 

उनी २०७४ मा काठमाडौं–८ बाट नेपाली कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीलाई पराजित गर्दै प्रत्यक्षमा निर्वाचित भए। २०७० सालको संविधानसभा निर्वाचनमा भने उनी जोशीबाट यही क्षेत्रमा पराजित भएका थिए। उक्त निर्वाचन क्षेत्रमा गठबन्धनका तर्फबाट श्रेष्ठको दाबी बलियो रहनेछ, किनभने उक्त क्षेत्रका नेपाली कांग्रेसका प्रभावशाली नेता जोशीको निधन भइसकेको छ। 

यद्यपि पार्टी फुटको चुनौती भने उनीसामु छँदैछ। 

पदबहाली गर्दा पर्यटनलाई उकास्ने र पदमार्ग निर्माणलाई प्राथमिकता दिने भनेर घोषणा गरेका श्रेष्ठ काममा कतिको खरो उत्रिन सक्छन्, त्यसले उनलाई अर्को पटकको सिंहदरबार यात्रा टुंगो लगाउन सहयोग पुर्‍याउन सक्छ। 

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प, हजारौँ मारिएको शंका
फिफाद्वारा एन्फा निलम्बित
स्टकल्यान्डलाई हराउँदै ब्राजिल बन्यो समूह विजेता
सम्बन्धित सामग्री
९९ केन्द्रीय सदस्य छान्न रास्वपामा मतदान जारी बिहीबार, असार ११, २०८३
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि ३८४ जना प्रतिस्पर्धामा महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले उम्मेदवारको प्रारम्भिक नाम सार्वजनिक भइसकेको बताए। बुधबार, असार १०, २०८३
पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर पौडेल पत्नी निवेदक बनेको रिटमा पौडेललाई राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएकाले रिहाइको आदेश माग गरिएको छ... बुधबार, असार १०, २०८३
ताजा समाचारसबै
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प, हजारौँ मारिएको शंका बिहीबार, असार ११, २०८३
फिफाद्वारा एन्फा निलम्बित बिहीबार, असार ११, २०८३
स्टकल्यान्डलाई हराउँदै ब्राजिल बन्यो समूह विजेता बिहीबार, असार ११, २०८३
९९ केन्द्रीय सदस्य छान्न रास्वपामा मतदान जारी बिहीबार, असार ११, २०८३
६ वटै महानगरपालिकाको बजेट सार्वजनिक, कसको कति? बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? बुधबार, असार १०, २०८३
प्रतिनिधि सभा बैठक सर्‍यो बुधबार, असार १०, २०८३
पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर बुधबार, असार १०, २०८३
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्