• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के छ नयाँ मन्त्रीहरूको पहिलो निर्णय?

64x64
नेपाल लाइभ सोमबार, असार १३, २०७९  १७:५०
1140x725

काठमाडौं– नेकपा एकीकृत समाजवादीका तर्फबाट नियुक्त नयाँ मन्त्रीहरूले सोमबार पद तथा गोपनियताको सपथपछि पदभार ग्रहणसँगै आफ्ना कार्ययोजना सार्वजनिक गरेका छन्। 

पदभार ग्रहण गर्न पुगेका केही मन्त्रीले पहिलो निर्णयमा हस्ताक्षर गरे भने केहीले आफूले अब गर्ने कामबारे जानकारी दिए। नेकपा एकीकृतले आइतबार फिर्ता गरेका चार मन्त्रीको ठाउँमा नयाँ मन्त्री पठाएको हो।

एकीकृत समाजवादीका तर्फबाट नयाँ नियुक्त मन्त्रीमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानीप्रसाद खापुङ र शेरबहादुर कुँवर छन्। खापुङ निवर्तमान स्वास्थ्य राज्यमन्त्री हुन्। उनी स्वास्थ्यमन्त्रीमा बढुवा भएका छन्।

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी हिरा केसीलाई दिइएको छ। त्यसैगरी श्रेष्ठलाई पर्यटन तथा नागरिक उड्ययन, चौधरीलाई सहरी विकास, र कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

पर्यटन क्षेत्र उकास्ने कार्ययोजना बनाउन समिति
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री श्रेष्ठले मन्त्रालयको पदभार ग्रहण गर्दै दुई वटा निर्णयमा हस्ताक्षर गरेका छन्। उनले कोभिड–१९ को महामारीले थला पारेको पर्यटन क्षेत्रलाई उकास्ने कार्ययोजना ल्याउन एक समिति गठन गरेको बताएका छन्।

उनले गरेको निर्णयमा भनिएको छ, ‘कोभिड १९को महामारीले पर्यटन क्षेत्रमा पारेको असर र प्रभावबारे गरिएका अध्ययन प्रतिवेदनहरूलाई अध्ययन गरेर कार्यान्वयनमा ल्याउनका लागि कार्ययोजना बनाएर सात दिनभित्र बुझाउन एक समिति गठन गरिएको छ। जसमा निजी क्षेत्रका विज्ञहरूको पनि प्रतिनिधित्व रहेको छ।’

त्यस्तै, सांस्कृतिक सम्पदा पदमार्गका लागि अध्ययन गर्न हनुमानढोकादेखि स्वयम्भुसम्मको सम्पदा मार्ग निर्माण गरिने निर्णयमा पनि हस्ताक्षर गरेका छन्। काठमाडौं उपत्यकाका विभिन्न संस्कृतिक सम्पदाहरूबीच सांस्कृतिक पदमार्ग निर्माण गरिने र पदमार्गबाट यो वर्ष हनुमानढोका र स्वयम्भु जोडिने उनले गरेको निर्णयमा उल्लेख छ।

नयाँ सहरी नीति मन्त्रिपरिषद्‍मा लैजाने
सहरी विकासमन्त्री मेटमणि चौधरीले ‘सहरी नीति २०६४’ लाई संशोधनका लागि तयार गरिएको नयाँ नीतिलाई अन्तिम रुप दिने पहिलो निर्णय गरेका छन्। सोमबार पदभार ग्रहण गर्दै चौधरीले संघीयतापछि यसको लक्ष्य, उद्देश्यमा थप व्याख्या र स्पष्ट हुनु पर्ने भएकोले उक्त नीति यथाशक्य मन्त्रिपरिषद्मा लाने बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

निर्वतमान मन्त्री रामकुमारी झाँक्रीले गठन गरेको कार्यदलले उक्त नीतिको मस्यौदा निर्माण गरिरहेको छ। मन्त्री चौधरीले पूर्वमन्त्रीहरूसँगको सल्लाहमा आफूले काम गर्ने बताए। उनले गरेको पहिलो निर्णयमा भनिएको छ, ‘प्रस्तावित सहरी नीति २०७९ लाई अन्तिमरुप दिएर १५ दिनभित्र मन्त्रिपरिषद्मा लाने गरी राष्ट्रिय सहरी नीति २०६४ लाई संशोधन गरी प्रस्तावित नीति २०७९ राखिएको छ। यसले केही दूरदृष्टि सहितका लक्ष्य राखेको छ। संशोधन गर्ने मुख्य लक्ष्य भनकोे संघीयताको कार्यान्वयनपछि विभिन्न स्रोतहरू परिचालन गर्नु पर्ने, सहकार्य बढाउनु पर्ने र अन्तराष्ट्रिय सहयोगमा सकारात्मक प्रतिबद्धतामा जनाउनु पर्ने लगायतका उद्देश्य रहेको मस्यौदा तयार हुँदै छ।’

स्वास्थ्य सेवाप्रवाहमा रहेका कमजोरी सच्याउने
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य क्षेत्रमा रहेका कमजोरीलाई सच्याएर अघि बढ्ने बताएका छन्। सोमबार पदभार ग्रहण गर्दै मन्त्री खापुङले स्वास्थ्य मन्त्रालयको संरचना ठूलो भएकाले चुस्त बनाउन आफूले पहिलो ध्यान दिने बताए।

मन्त्रालयले राखेको निर्वतमान मन्त्री विरोध खतिवडाको बिदाइ तथा नयाँ मन्त्रीको स्वागत कार्यक्रममा बाल्दै मन्त्री खापुङले भने ‘हामीले गर्ने सेवा प्रवाहमा रहेको कमिकमजोरी र त्रुटिलाई सच्चाएर जानुपर्छ। जनताले सहजरुपमा सेवा पाउनु पर्छ।’ नियतवश कसैलै जनतालाई सेवा प्रवाह पुर्‍याउन ढिला गरेमा त्यसविरूद्ध एक ढिक्का भएर लाग्नुपर्ने पनि उनले बताए।

‘सामाजिक सुरक्षा तथा रोजगारी प्रवर्द्धन परिणाममुखी बनाउँछु’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मिहिन ढङले परिणाममुखी काम गर्ने बताएका छन्। सपथ ग्रहणपछि आयोजित स्वागत कार्यक्रममा मन्त्री कुँवरले भने, ‘मसिनो हिसाबले परिणाममुखी काम गर्छौं। तडकभडक गर्दैनौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सामाजिक सुरक्षा, रोजगारी प्रवर्ध्दनलगायतका श्रम क्षेत्रमा देखिएका समस्या समाधानमा केन्द्रीत हुने योजना रहेको उनले बताए।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा
सम्बन्धित सामग्री
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीक... आइतबार, कात्तिक ८, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
धनुषामा श्रीमान्‌श्रीमती मृत फेला आइतबार, कात्तिक ८, २०८३
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्