Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के छ नयाँ मन्त्रीहरूको पहिलो निर्णय?

64x64
नेपाल लाइभ सोमबार, असार १३, २०७९  १७:५०
1140x725

काठमाडौं– नेकपा एकीकृत समाजवादीका तर्फबाट नियुक्त नयाँ मन्त्रीहरूले सोमबार पद तथा गोपनियताको सपथपछि पदभार ग्रहणसँगै आफ्ना कार्ययोजना सार्वजनिक गरेका छन्। 

पदभार ग्रहण गर्न पुगेका केही मन्त्रीले पहिलो निर्णयमा हस्ताक्षर गरे भने केहीले आफूले अब गर्ने कामबारे जानकारी दिए। नेकपा एकीकृतले आइतबार फिर्ता गरेका चार मन्त्रीको ठाउँमा नयाँ मन्त्री पठाएको हो।

एकीकृत समाजवादीका तर्फबाट नयाँ नियुक्त मन्त्रीमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानीप्रसाद खापुङ र शेरबहादुर कुँवर छन्। खापुङ निवर्तमान स्वास्थ्य राज्यमन्त्री हुन्। उनी स्वास्थ्यमन्त्रीमा बढुवा भएका छन्।

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी हिरा केसीलाई दिइएको छ। त्यसैगरी श्रेष्ठलाई पर्यटन तथा नागरिक उड्ययन, चौधरीलाई सहरी विकास, र कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

पर्यटन क्षेत्र उकास्ने कार्ययोजना बनाउन समिति
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री श्रेष्ठले मन्त्रालयको पदभार ग्रहण गर्दै दुई वटा निर्णयमा हस्ताक्षर गरेका छन्। उनले कोभिड–१९ को महामारीले थला पारेको पर्यटन क्षेत्रलाई उकास्ने कार्ययोजना ल्याउन एक समिति गठन गरेको बताएका छन्।

उनले गरेको निर्णयमा भनिएको छ, ‘कोभिड १९को महामारीले पर्यटन क्षेत्रमा पारेको असर र प्रभावबारे गरिएका अध्ययन प्रतिवेदनहरूलाई अध्ययन गरेर कार्यान्वयनमा ल्याउनका लागि कार्ययोजना बनाएर सात दिनभित्र बुझाउन एक समिति गठन गरिएको छ। जसमा निजी क्षेत्रका विज्ञहरूको पनि प्रतिनिधित्व रहेको छ।’

त्यस्तै, सांस्कृतिक सम्पदा पदमार्गका लागि अध्ययन गर्न हनुमानढोकादेखि स्वयम्भुसम्मको सम्पदा मार्ग निर्माण गरिने निर्णयमा पनि हस्ताक्षर गरेका छन्। काठमाडौं उपत्यकाका विभिन्न संस्कृतिक सम्पदाहरूबीच सांस्कृतिक पदमार्ग निर्माण गरिने र पदमार्गबाट यो वर्ष हनुमानढोका र स्वयम्भु जोडिने उनले गरेको निर्णयमा उल्लेख छ।

नयाँ सहरी नीति मन्त्रिपरिषद्‍मा लैजाने
सहरी विकासमन्त्री मेटमणि चौधरीले ‘सहरी नीति २०६४’ लाई संशोधनका लागि तयार गरिएको नयाँ नीतिलाई अन्तिम रुप दिने पहिलो निर्णय गरेका छन्। सोमबार पदभार ग्रहण गर्दै चौधरीले संघीयतापछि यसको लक्ष्य, उद्देश्यमा थप व्याख्या र स्पष्ट हुनु पर्ने भएकोले उक्त नीति यथाशक्य मन्त्रिपरिषद्मा लाने बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

निर्वतमान मन्त्री रामकुमारी झाँक्रीले गठन गरेको कार्यदलले उक्त नीतिको मस्यौदा निर्माण गरिरहेको छ। मन्त्री चौधरीले पूर्वमन्त्रीहरूसँगको सल्लाहमा आफूले काम गर्ने बताए। उनले गरेको पहिलो निर्णयमा भनिएको छ, ‘प्रस्तावित सहरी नीति २०७९ लाई अन्तिमरुप दिएर १५ दिनभित्र मन्त्रिपरिषद्मा लाने गरी राष्ट्रिय सहरी नीति २०६४ लाई संशोधन गरी प्रस्तावित नीति २०७९ राखिएको छ। यसले केही दूरदृष्टि सहितका लक्ष्य राखेको छ। संशोधन गर्ने मुख्य लक्ष्य भनकोे संघीयताको कार्यान्वयनपछि विभिन्न स्रोतहरू परिचालन गर्नु पर्ने, सहकार्य बढाउनु पर्ने र अन्तराष्ट्रिय सहयोगमा सकारात्मक प्रतिबद्धतामा जनाउनु पर्ने लगायतका उद्देश्य रहेको मस्यौदा तयार हुँदै छ।’

स्वास्थ्य सेवाप्रवाहमा रहेका कमजोरी सच्याउने
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य क्षेत्रमा रहेका कमजोरीलाई सच्याएर अघि बढ्ने बताएका छन्। सोमबार पदभार ग्रहण गर्दै मन्त्री खापुङले स्वास्थ्य मन्त्रालयको संरचना ठूलो भएकाले चुस्त बनाउन आफूले पहिलो ध्यान दिने बताए।

मन्त्रालयले राखेको निर्वतमान मन्त्री विरोध खतिवडाको बिदाइ तथा नयाँ मन्त्रीको स्वागत कार्यक्रममा बाल्दै मन्त्री खापुङले भने ‘हामीले गर्ने सेवा प्रवाहमा रहेको कमिकमजोरी र त्रुटिलाई सच्चाएर जानुपर्छ। जनताले सहजरुपमा सेवा पाउनु पर्छ।’ नियतवश कसैलै जनतालाई सेवा प्रवाह पुर्‍याउन ढिला गरेमा त्यसविरूद्ध एक ढिक्का भएर लाग्नुपर्ने पनि उनले बताए।

‘सामाजिक सुरक्षा तथा रोजगारी प्रवर्द्धन परिणाममुखी बनाउँछु’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मिहिन ढङले परिणाममुखी काम गर्ने बताएका छन्। सपथ ग्रहणपछि आयोजित स्वागत कार्यक्रममा मन्त्री कुँवरले भने, ‘मसिनो हिसाबले परिणाममुखी काम गर्छौं। तडकभडक गर्दैनौं।’

सामाजिक सुरक्षा, रोजगारी प्रवर्ध्दनलगायतका श्रम क्षेत्रमा देखिएका समस्या समाधानमा केन्द्रीत हुने योजना रहेको उनले बताए।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र
स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने निर्णयको नेपाल चिकित्सकसंघद्वारा स्वागत
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
सम्बन्धित सामग्री
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र बिहीबार नेपाल सरकार र कानुन मन्त्रीलाई सम्बोधन गर्दै उनले देशको विकास नहुनुको मुख्य जड प्रशासनिक अल्झन र कर्मचारी संयन्त्रको कार्यशै... शुक्रबार, वैशाख ४, २०८३
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसमक्ष उनीहरूले शपथ लिएका हुन् । शुक्रबार, वैशाख ४, २०८३
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा तारिख खेप्न वारेसको सुविधा दिएको हो । शुक्रबार, वैशाख ४, २०८३
ताजा समाचारसबै
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा शुक्रबार, वैशाख ४, २०८३
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने निर्णयको नेपाल चिकित्सकसंघद्वारा स्वागत शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्