काठमाडौं– सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक काठमाडौंमा सुरु भएको छ।
बैठकमा देशभरका प्रतिनिधि सहभागी रहेका छन्। बैठकलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन्।
नेकपा एकीकृत समाजवादी प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठका अनुसार बैठकमा पार्टीका देशभर भएका सांगठनिक गतिविधि, स्थानीय तह चुनावको समीक्षा, आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने छ।
त्यसैगरी, पार्टीका महासचिव डा बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।