काठमाडौं– नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले कुर्सीको दूरुपयोग गर्ने कुरा सोच्न समेत नसक्ने बताएका छन्। सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफूमाथि खबरदारी गर्न आग्रह गरे।
उनले आफूले पदमा रहुञ्जेल इमानदारिताका साथ काम गर्ने बताए। 'मैले पदमा रहँदासम्म इमानदारिताका साथ, मेरो योग्यता र क्षमताको आधारमा अगाडि बढ्छु', उनले भने।
मन्त्री चौधरीले आफूले तीव्र गतिमा काम गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।