• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नवनियुक्त चार मन्त्री : जसले प्रत्यक्ष निर्वाचित भएर गरिसकेका छन् आफूलाई प्रमाणित

64x64
नेपाल लाइभ आइतबार, असार १२, २०७९  २१:०९
1140x725

काठमाडौं–नेकपा (एकीकृत समाजवादी) सचिवालयबाट मन्त्रीका लागि सिफारिस भएको तीन सातापछि मन्त्रीमण्डल हेरफेर भएको छ। पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मन्त्री मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ नियुक्त भएका हुन्। हिरा केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हुन्। उनीहरुको सपथ सोमबार हुँदैछ। एकीकृत समाजवादीभित्र उनीहरू जनाधार बलियो भएका नेताहरूमा पर्छन्। उनीहरू सबै प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएर प्रमाणित गरिसकेका नेताहरु हुन्।

मेटमणि चौधरी
२०७४ सालमा पहिलोपटक प्रतिनिधि सभामा निर्वाचित भएका हुन् मेटमणि चौधरी। दाङ १ बाट निर्वाचित उनी आगामी निर्वाचनमा एकीकृत समाजवादीबाट जित्न सक्ने उम्मेदवारको सूचीको अग्रपंतिमा पर्छन्। 

एमालेमा दाङकै अर्का नेता शंकर पोखरेलबाट 'पेलिएर' ओली गुटदेखि ओली विद्रोहीसम्म हुन पुगेका उनी प्रभावशाली नेता मानिन्छन्। लामो समय ‌ओली समूहमा रहेका उनी नवौं महाधिवेशनअघि नेपाल समूह प्रवेश गरेका हुन्। सोही समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित उनलाई एमाले अध्यक्ष केपी ओलीले २०७१ सालमा दाङ इन्चार्ज बनाएका हुन्। 

गत निर्वाचनमा दाङ १ बाट चौधरीले ३७ हजार ९०८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सुशीला चौधरीले जम्‍मा २४ हजार ७० मत प्राप्त गरिन्। सत्ता गठबन्धनका अन्य दलबाट उक्त क्षेत्रमा प्रभावशाली नेतासमेत नभएकाले मेटमणिले टिकट पाउने सम्भावना बलियो छ। 

तीन क्षेत्र भएको दाङको क्षेत्र नं २ मा माओवादी केन्द्रले कृष्णबहादुर महराका लागि आफ्नो भागमा पार्न खोज्नेछ भने क्षेत्र नं ३ मा कांग्रेसका दीपक गिरी छन्। 

जीवनराम श्रेष्ठ
खेल क्षेत्रमा लामो समय सक्रिय भएर राजनीतिमा पुगेका हुन् जीवनराम श्रेष्ठ। राजनीतिमा पनि उनी 'खेलाडी' बनेर निस्केका छन्। पहिलोपटक सांसद बनेका उनी मन्त्रीसमेत बन्ने सफलतानिकट छन्। 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव, नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत बनेका उनी २०७४ सालमा काठमाडौं ८ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भए। उनले नेपाली कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीलाई पराजित गरेका हुन्। २०७० सालको निर्वाचनमा भने उनी जोशीबाट यही क्षेत्रमा पराजित भएका थिए। 

काठमाडौं ८ मा गठबन्धनका तर्फबाट श्रेष्ठको दाबी बलियो रहनेछ। किनभने उक्त क्षेत्रका नेपाली कांग्रेसका प्रभावशाली नेता जोशीको निधन भइसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भवानी खापुङ 
स्वास्थ्य मन्त्रीमा बढुवा भएका भवानी खापुङ तेह्रथुमबाट टिकट पाउने सम्भावना भएका नेता हुन्। दुईपटक निर्वाचित भइसकेका छन् उनी। २०६४ को संविधानसभा निर्वाचनमा पराजित खापुङ २०७०  र ०७४ मा  निर्वाचित भएका हुन्। 

२०७४ मा तत्कालीन भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले पछि पार्दै विजयी भएका थिए। खापुङले २१ हजार ३ सय १५ मत प्राप्त गरेका थिए। गुरुङले १९ हजार ३ सय १४ मत पाएकी थिइन्।

बहुदल पुन:स्थापनापछि तेह्रथुमबाट निर्वाचित हुनेमध्येबाट मन्त्री बनेका उनी पहिलो हुन्। त्यसपछि  भएका ६ वटा निर्वाचनमा एमालेका विजय सुब्बा २ पटक, एमालेकै सुरेन्द्र फोम्बो र कांग्रेसका तुलसी सुब्बा १–१ पटक सांसद भए पनि मन्त्री हुन सकेनन्।

शेरबहादुर कुँवर
शेरबहादुर कुँवर अछाममा एमालेको संगठन बनाउने नेतामध्ये पर्छन्। अछाम एमालेका संस्थापकमध्येका उनी २०६४ सालमा नेकपा एमाले कमजोर बन्दासमेत अछाम १ बाट निर्वाचित हुन सफल भएका थिए। 

माओवादी सबैभन्दा ठूलो दल बनेको उक्त समयमा भीम रावल समानुपातिक बसे। जनस्तरमा लोकप्रिय हुँदाहुँदै पनि उनले २०७० र २०७४ को निर्वाचनमा उक्त क्षेत्र भीम रावलका लागि त्याग गरे। एकपल्ट समानुपातिक र अर्कोपल्ट राष्ट्रिय सभामा गए। 

२०४९ मा एमाले जिल्ला कमिटीको सचिवालय सदस्य, २०५४ सालमा उपसचिव,  २०६२ मा सचिव हुँदै २०६९ देखि दुई कार्यकाल जिल्ला अध्यक्ष भइसकेका थिए। उनी एकीकृत समाजवादीतर्फ लागेपछि अछाममा ठूलो शक्ति उनीसँग गएको छ। अछामका दुई क्षेत्रमध्ये एउटामा कांग्रेसले दाबी गर्दा अर्कोमा स्वाभाविक रुपमा एकीकृत समाजवादीले दाबी गर्न सक्छ। त्यस्ताे अवस्थामा उनी टिकट पाउन सक्छन् ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्