• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नवनियुक्त चार मन्त्री : जसले प्रत्यक्ष निर्वाचित भएर गरिसकेका छन् आफूलाई प्रमाणित

64x64
नेपाल लाइभ आइतबार, असार १२, २०७९  २१:०९
1140x725

काठमाडौं–नेकपा (एकीकृत समाजवादी) सचिवालयबाट मन्त्रीका लागि सिफारिस भएको तीन सातापछि मन्त्रीमण्डल हेरफेर भएको छ। पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मन्त्री मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ नियुक्त भएका हुन्। हिरा केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हुन्। उनीहरुको सपथ सोमबार हुँदैछ। एकीकृत समाजवादीभित्र उनीहरू जनाधार बलियो भएका नेताहरूमा पर्छन्। उनीहरू सबै प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएर प्रमाणित गरिसकेका नेताहरु हुन्।

मेटमणि चौधरी
२०७४ सालमा पहिलोपटक प्रतिनिधि सभामा निर्वाचित भएका हुन् मेटमणि चौधरी। दाङ १ बाट निर्वाचित उनी आगामी निर्वाचनमा एकीकृत समाजवादीबाट जित्न सक्ने उम्मेदवारको सूचीको अग्रपंतिमा पर्छन्। 

एमालेमा दाङकै अर्का नेता शंकर पोखरेलबाट 'पेलिएर' ओली गुटदेखि ओली विद्रोहीसम्म हुन पुगेका उनी प्रभावशाली नेता मानिन्छन्। लामो समय ‌ओली समूहमा रहेका उनी नवौं महाधिवेशनअघि नेपाल समूह प्रवेश गरेका हुन्। सोही समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित उनलाई एमाले अध्यक्ष केपी ओलीले २०७१ सालमा दाङ इन्चार्ज बनाएका हुन्। 

गत निर्वाचनमा दाङ १ बाट चौधरीले ३७ हजार ९०८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सुशीला चौधरीले जम्‍मा २४ हजार ७० मत प्राप्त गरिन्। सत्ता गठबन्धनका अन्य दलबाट उक्त क्षेत्रमा प्रभावशाली नेतासमेत नभएकाले मेटमणिले टिकट पाउने सम्भावना बलियो छ। 

तीन क्षेत्र भएको दाङको क्षेत्र नं २ मा माओवादी केन्द्रले कृष्णबहादुर महराका लागि आफ्नो भागमा पार्न खोज्नेछ भने क्षेत्र नं ३ मा कांग्रेसका दीपक गिरी छन्। 

जीवनराम श्रेष्ठ
खेल क्षेत्रमा लामो समय सक्रिय भएर राजनीतिमा पुगेका हुन् जीवनराम श्रेष्ठ। राजनीतिमा पनि उनी 'खेलाडी' बनेर निस्केका छन्। पहिलोपटक सांसद बनेका उनी मन्त्रीसमेत बन्ने सफलतानिकट छन्। 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव, नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत बनेका उनी २०७४ सालमा काठमाडौं ८ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भए। उनले नेपाली कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीलाई पराजित गरेका हुन्। २०७० सालको निर्वाचनमा भने उनी जोशीबाट यही क्षेत्रमा पराजित भएका थिए। 

काठमाडौं ८ मा गठबन्धनका तर्फबाट श्रेष्ठको दाबी बलियो रहनेछ। किनभने उक्त क्षेत्रका नेपाली कांग्रेसका प्रभावशाली नेता जोशीको निधन भइसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भवानी खापुङ 
स्वास्थ्य मन्त्रीमा बढुवा भएका भवानी खापुङ तेह्रथुमबाट टिकट पाउने सम्भावना भएका नेता हुन्। दुईपटक निर्वाचित भइसकेका छन् उनी। २०६४ को संविधानसभा निर्वाचनमा पराजित खापुङ २०७०  र ०७४ मा  निर्वाचित भएका हुन्। 

२०७४ मा तत्कालीन भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले पछि पार्दै विजयी भएका थिए। खापुङले २१ हजार ३ सय १५ मत प्राप्त गरेका थिए। गुरुङले १९ हजार ३ सय १४ मत पाएकी थिइन्।

बहुदल पुन:स्थापनापछि तेह्रथुमबाट निर्वाचित हुनेमध्येबाट मन्त्री बनेका उनी पहिलो हुन्। त्यसपछि  भएका ६ वटा निर्वाचनमा एमालेका विजय सुब्बा २ पटक, एमालेकै सुरेन्द्र फोम्बो र कांग्रेसका तुलसी सुब्बा १–१ पटक सांसद भए पनि मन्त्री हुन सकेनन्।

शेरबहादुर कुँवर
शेरबहादुर कुँवर अछाममा एमालेको संगठन बनाउने नेतामध्ये पर्छन्। अछाम एमालेका संस्थापकमध्येका उनी २०६४ सालमा नेकपा एमाले कमजोर बन्दासमेत अछाम १ बाट निर्वाचित हुन सफल भएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माओवादी सबैभन्दा ठूलो दल बनेको उक्त समयमा भीम रावल समानुपातिक बसे। जनस्तरमा लोकप्रिय हुँदाहुँदै पनि उनले २०७० र २०७४ को निर्वाचनमा उक्त क्षेत्र भीम रावलका लागि त्याग गरे। एकपल्ट समानुपातिक र अर्कोपल्ट राष्ट्रिय सभामा गए। 

२०४९ मा एमाले जिल्ला कमिटीको सचिवालय सदस्य, २०५४ सालमा उपसचिव,  २०६२ मा सचिव हुँदै २०६९ देखि दुई कार्यकाल जिल्ला अध्यक्ष भइसकेका थिए। उनी एकीकृत समाजवादीतर्फ लागेपछि अछाममा ठूलो शक्ति उनीसँग गएको छ। अछामका दुई क्षेत्रमध्ये एउटामा कांग्रेसले दाबी गर्दा अर्कोमा स्वाभाविक रुपमा एकीकृत समाजवादीले दाबी गर्न सक्छ। त्यस्ताे अवस्थामा उनी टिकट पाउन सक्छन् ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
सम्बन्धित सामग्री
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीक... आइतबार, कात्तिक ८, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्