काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले समग्र उद्योग र व्यवसायलाई नभई सीमित घरानालाई लाभ हुने गरी बजेट ल्याएकाले त्यसको आलोचना गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायतका संस्थालाई आग्रह गरेका छन्।
एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले उद्योग र वाणिज्य क्षेत्रमा सरकारका गलत कदमको आलोचना गर्नुपर्ने बताए। उनले आर्थिक क्षेत्रका लागि नीति बनाउँदा विभागले निजी क्षेत्रलाई अगाडि बढ्न प्रोत्साहनका साथै सरकारी स्वामित्वमा रहेका उद्योग, कलकारखाना र आपूर्तिसँग सम्बन्धित संस्थाहरूको संरक्षण हुने गरी राम्रो गृहकार्य गरी आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा सल्लाह सुझाव दिन निर्देशन दिए।
विभागका प्रमुख मोति दुगडको अध्यक्षतामा भएको बैठकलाई एमाले महासचिव शंकर पोखरेलले पनि सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।