काठमाडौं– शहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदाइ हुने कार्यक्रममा रोएकी छिन्। बिदाइ नभइ ‘फेरि भेटौंला’ कार्यक्रम उपमा दिएकी उनी भावुक भएर आँशु झार्न थालेपछि बोल्ने कार्यक्रमसमेत पछि सारिएको छ।
मन्त्रालयमा उनले ८ महिना २० दिनसम्म गरेको उपलब्धी विवरणसमेत कर्मचारीले प्रस्तुत गरेका छन्। भावुक भएकी मन्त्री झाक्रीले आफूलाई गाह्रो भएको बताउँदै उनले बोल्ने कार्यक्रम पछाडि धकेलेपछि मन्त्रालयले बिदाइको चिनो दिने कार्यक्रम गरेको छ।
मन्त्रालयमा पत्रकार सम्मेलन गर्नुअघि प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएकी हुन्। साढे ४ बजे नै पत्रकार सम्मेलनको समय तय गरिए पनि उनी प्रधानमन्त्री देउवालाई भेटेर ५ः४० मा मात्रै बालुवाटारबाट बाहिरिएकी हुन्।
पत्रकार सम्मेलनमा उनी ६ बजे पुगेकी हुन्। उनी संलग्न नेकपा एकीकृत समाजवादीले भने केही दिनअघि नै मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो। बजेट अधिवेशन चलिरहेको बताउँदै मन्त्रीहरुले फिर्ता हुन मानेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।