काठमाडौं– शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छिन्। मन्त्रालयमा पत्रकार सम्मेलन गर्नुअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएकी हुन्।
साढे ४ बजे नै पत्रकार सम्मेलनको समय तय गरिए पनि उनी प्रधानमन्त्री देउवालाई भेटेर ५ः४० मा मात्रै बालुवाटारबाट बाहिरिएकी हुन्। पत्रकार सम्मेलनमा उनी ६ बजे पुगेकी हुन्।
झाँक्रीले मन्त्रीका रुपमा ८ महिना २० दिन बिताएको बताएकी छिन्। आफूलाई अपमानपूर्ण रुपमा हटाएको भन्दै संसदीय दलको बैठक बोलाउन माग गर्नेमध्ये एक झाँक्रीले एक्कासी राजीनामा दिएकी हुन्।
उनी संलग्न नेकपा एकीकृत समाजवादीले भने केही दिनअघि नै मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो। बजेट अधिवेशन चलिरहेको बताउँदै मन्त्रीहरुले फिर्ता हुन मानेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।