काठमाडौं– पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मन्त्रीका रुपमा आफूले ९० प्रतिशत सफलता हासिल गरेको बताएका छन्। पदबाट राजीनामा दिएको घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले मन्त्रालयमा २६३ दिन बिताएको पत्तो नभएको बताउँदै एक्सनमा विश्वास गरेको बताए। आलेले २०७८ असोज २२ गते मन्त्री पदको शपथ लिएका थिए।
उनले आफू प्रक्रियाभन्दा एक्सनमा विश्वास गर्दै हुर्किएको राजनीतिक कार्यकर्ता भएको बताए। ‘मलाई पत्रकार साथीहरुले आफ्नो कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर सोध्यो भने मेरो उत्तर हुनेछ–९० प्रतिशत’, उनले भने।
उनले कागजमा मात्रै काम गरेकाहरु आफ्नो निगरानीमा पर्ने गरेको बताए। ‘पिँधमा बस्नेहरुभन्दा टाकुरामा बस्नेहरु सधैं मेरो निगरानीमा परे’, उनले भने।
उनले आफूले काम गर्दा शक्ति केन्द्रबाट दबाब र प्रभाव आएको भए पनि त्यसअनुसार काम नगरेको बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत गठबन्धन सरकारको मार्गदर्शनको आधारमा क्रियाशील भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।