काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राजीनामाबारे तिललाई पहाड बनाउने काम भएको बताएका छन्।
‘जहिल्यै छाड भन्छन्, त्यही बेला छाड्ने हो। मन्त्रिपरिषद् पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीलाई छ। उहाँले पुनर्गठन गरेपछि हामी स्वतः छाडिहाल्छौं नि! किन छोड्नुपर्यो र? तिललाई पहाड बनाउने काम भएको छ,’ उनले आइतबार संसद् भवन परिसरमा पत्रकारको प्रश्नको उत्तर दिँदै भने।
उनले राजीनामाका लागि पत्रकार सम्मेलन भने नगर्ने बताए। ‘किन पत्रकार सम्मेलन गर्नुपर्यो? पार्टीले मन्त्री बनाएको हो। पार्टीले फिर्ता बोलाउँछ।पुनर्गठन प्रधानमन्त्रीले गर्ने हो। पत्रकार सम्मेलनले केही गर्दैन’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।