काठमाडौं– राष्ट्रिय सभा सदस्य बिमला राई पौडेलले पर्यटन मन्त्री प्रेम आलेलाई अहिले सार्वजनिक भएको आलेको विवादास्पद अभिव्यक्तिप्रति सार्वजनिक माफी माग्न आग्रह गरेकी छन्।
आइतबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि भएको मन्त्रालयगत छलफलमा जवाफ दिन पुगेका मन्त्री आलेलाई सांसद राईले माफी माग्न माग गरेकी हुन्।
केही दिन अघि मन्त्री आलेले वायुसेवा निगमका कार्यकारी निर्देशकमाथि अभद्र व्यवहार गरेको अडिओ सार्वजनिक भएको थियो।
‘उहाँले बोलेको अत्यन्तै अभद्र, कसैले पनि सुन्न नसकिने, अपाच्य अडिओ साार्वजनिक भएको छ। सामाजिक सञ्जालमा करिब १ हप्तादेखि सबैको ध्यान आकृष्ट गरेको छ,’ संसद राईले भनिन्, ‘हामी धेरैले उक्त अडिओ सुन्न सक्ने अवस्थामा पनि छैनौं। संसद्मा जवाफ दिनूपूर्व मन्त्रीलै सार्वजनिक माफी माग्नुपर्छ।’
यता मन्त्री आलेले राईको मागलाई वेवस्ता गर्दै मन्त्रालयगत जवाफ सुरु गरेका थिए। मन्त्री आलेले जवाफ नदिएपछि संसद राई लगायत अन्य सांसदहरूले उठेर विरोध गरेका थिए।
त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले राईको मागलाई उक्त विषयमा आफ्नो ध्यानआर्कषण भएकोले बस्न आग्रह गरेका थिए। र मन्त्रीले जवाफ दिनपर्ने घुमाउरो निर्देश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।