काठमाडौं– राजनीतिक रुपमा दुई धुव्रमा देखिएका नेकपा एमाले र एकीकृत समाजवादी वलिकहरुले भने निर्वाचनमा गठबन्धनको सहमति गरेका छन्। उच्च अदालत बार एशोसियसनको निर्वाचनमा गठबन्धन गर्ने दुई दलबीच सहमति भएको हो।
उच्च अदालत बार एशोसियनमा यस्तो सहमति भएको एमाले निकट प्रगतिशिल कानुन व्यवसायी एशोसियसन (पीपीएल)का नेता रामचन्द्र सिम्खडाले बताए।
सहमति अनुसार एकीकृत समाजवादी निकट कानुन व्यवसायीहरुको संगठनले २ पदाधिकारी र ३ सदस्य पाउने छ। नेपाल बारको केन्द्रीय निर्वाचनमा समाजवादी नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धनमा सहभागी भएको थियो।
तर, अहिले उच्च अदालत पाटनको निर्वाचनमा मुलपार्टी एमालेसँग गठबन्धन गर्ने सहमति भएको हो। सहमति अनुसार एकीकृत समाजवादीले उपाध्यक्ष, सहसचिव (महिला) र तीन सदस्य पाउने छ।
अध्यक्षसहित अन्य पद भने एमालेले लिएको छ। अध्यक्षसहित १९ पदका लागि असार १५ गते निर्वाचन हुँदै छ। त्यसका लागि सोमबार मनोनयन दर्ता तोकिएको छ।
योसँगै नेपाली कांग्रेस निकट डेमोक्रेटिक लर्यस एशोसियनस (डीएलए) र गठबन्धनकाबीचमा प्रतिस्पर्धा हुने भएको छ। ललितपुर उच्च अदालत बार तुलनात्मक रुपमा वामपन्थीको वर्चस्व रहेको क्षेत्र हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।