काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बजेट बढाउने आफ्नो मागलाई मन्त्रिपरिषद्ले समेत चासो नदिएको आरोप लगाएका छन्।
आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत् सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री आलेले पर्यटन मन्त्रालयको समस्या समाधान गर्न र पर्यटनसम्बन्धी विकासका कार्यक्रम अघि सार्न बजेटको माग गर्दा नदिएको गुनासो गरे।
उनले बारम्बार मन्त्रिपरिषद्को बैठक र अर्थमन्त्रीलाई पर्यटन मन्त्रालयको बजेट बढाउन आग्रह गर्दा आफ्नो सल्लाह सुनुवाइ नभएको गुनासो गरे। मन्त्री आलेले परिणाम स्वरुप मन्त्रालयले चाहेर पनि विभिन्न विषयगत शीर्षकमा बजेट विनियोजन गर्न नसकेको बताए।
'कतै बजेट दोहोरोपन भएको, बजेट छुट्न गएका क्षेत्र लगायत कार्यक्रमसमेत संशोधन गर्न सकिनेछ। तर मेरो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिलिङ विगतभन्दा करिव साढे १० अर्बले घट्न गएको हुनाले बारम्बार मान्य अर्थमन्त्रीलाई भेटेर, क्याबिनेटको मिटिङमा कुरा राख्दा पनि सुनुवाइ भएन' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।