काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले आफूले पदबाट राजीनामा दिएको बताएका छन्।
संसद् बैठकमा पुगेका उनले सञ्चारकर्मीहरूसँग पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामापत्र बुझाएको जानकारी दिए।
उनले अरु मन्त्रीका बारेमा भने आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘अरू मन्त्रीहरूको मलाई थाहा छैन। उहाँहरूलाई नै सोध्नुहोला। मैलेचाहिँ राजीनामा दिइसकेँ।’
नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा रहेका अरू मन्त्रीहरूले राजीनामा दिए/नदिएकोबारे भने आफूलाई जानकारी नभएको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।