• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

अन्योलमा प्रशिक्षक आगमन: अल्मुताइरी र एन्फाले चाहेर हुँदैन, कतारको निर्णय नै अन्तिम!

64x64
दीप सुवेदी आइतबार, असार १२, २०७९  १७:२८
1140x725

काठमाडौं- नेपाली फुटबल वृत्तमा एकै प्रश्नले जरो गाडेको छ–राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किन्छन् कि फर्किँदैनन्? यो प्रश्न जति चाखलाग्दो छ, उति नै यसको उत्तर रहस्यमय छ।

कारण हो, अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति। पछिल्लो समय निकै विवादमा रहेका प्रशिक्षक अल्मुताइरीको एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसँगको सम्बन्ध सुमधुर छैन।

जतिबेला नेम्वाङ वरिष्ठ उपाध्यक्ष थिए, त्यतिबेला अल्मुताइरीले नेम्वाङले आफूलाई काम गर्न नदिएको आरोप लगाएका थिए। अहिले पनि अल्मुताइरी खुलेर बोल्ने मौका पाएभने उनैमाथि यही आरोप दोहर्‍याइ रहन्छन्।

गत सोमबार बूढानीलकन्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न २१औं केन्द्रीय कार्यसमितिको साधरणसभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित हुँदै गर्दा अल्मुताइरीले सहकार्य नगर्ने संकेत गरेका थिए।

अल्मुताइरीले इन्स्टाग्राम–स्टोरीमा लेखेका थिए,’आगामी दिनमा नेपाली फुटबलको सफलताको कामना गर्दछु। उत्कृष्ट अनुभवको लागि धन्यवाद नेपाली फ्यानहरू, नेपाल सधैं मेरो हृदयमा रहनेछ तर हरेक कथा समाप्त भएको छ।’ यद्यपि, अल्मुताइरीले त्यो स्टोरी केहीबेर पछि नै हटाए।

उनले सामाजिक सञ्जालमार्फत् नै यस्तै लेख्नु स्वाभाविक थियो। यता, एन्फा नेतृत्वको नतिजा पनि अल्मुताइरीले चाहेको जस्तो थिएन। उनी निकट मानिएका अध्यक्ष शेर्पा पराजित भइसकेका थिए। हुन त उनले  यसअघि नै शेर्पाबाहेक नयाँ टोलीसँग आफू काम नगर्ने बताएका थिए।

उनले स्टोरी राख्नुभन्दा केहीबेर अघि मात्रै अध्यक्षमा जित हासिल गरेका नेम्वाङले पनि अल्मुताइरीलाई निरन्तरता दिन नसक्ने बताएका थिए। उनले भनेका थिए, ‘छानबिन समितिले प्रतिवेदन दिइसकेको छ। अब पहिलो बैठकबाटै त्यसको कार्यान्वयन अगाडि बढ्छ। चाँडै विवाद समाधान हुन्छ।’

एएफसी एसियन कप छनोटको तयारीमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई प्रशिक्षक अल्मुताइरीले पटक–पटक क्याम्प छोड्न निर्देशन दिएको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका १० खेलाडीले वैशाख १३ गते ‘विद्रोह’ गरेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

उनीहरुलाई माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका नियमित कप्तान तथा गोलरक्षक किरणकुमार चेम्जोङले पनि सामाजिक सञ्जालबाट साथ दिएका थिए। प्रशिक्षक अल्मुताइरीले वैशाख १८ गते एन्फाका महासचिव तुलाधरलाई एक पत्र लेख्दै असन्तुष्ट खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने बताएका थिए। किरणसहित १० सिनियर खेलाडी टिमबाहिर रहँदा अल्मुताइरीले नयाँ खेलाडीलाई मौका दिए।

एसिया कप तेस्रो चरणको छनोटमा समूह ‘ए’ मा रहेको नेपालले जोर्डनसँग २, कुवेतसँग ४–१ र इन्डोनेसियासँग ७–० को हार व्यहोरेको थियो। प्रतियोगितामा एक मात्रै गोल कुवेतविरूद्व दर्शन गुरूङले गरेका थिए। नेपाली टोलीको कप्तानी नवयुग श्रेष्ठ र पुजन उपरकोटीले गरेका थिए।

एसियन कप खेल्न जानुअघि नै विवादले नेपाली टोलीको तयारीलाई समेत असर गरेको थियो। अधिकांश खेलाडी टोलीबाहिर रहँदा अफगानिस्तानसँग खेल्ने भनिएको मैत्रीपूर्ण खेल अन्तिम समयमा स्थगित भयो। तर, एन्फाले भने अफगानिस्तानको टोली कतार नजाने भएको कारण उक्त खेल रद्द गरेको दाबी गर्‍यो।

खेलाडी र प्रशिक्षकबीच विवाद बढेपछि एन्फाले छानबिन गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले एसियन कप छनोटपछि कतार फुटबल एसोसिएसनको सहयोगमा नेपालको प्रशिक्षक बनेका अल्मुताइरीको विकल्प खोज्न सिफारिस गरेको थियो।

अल्मुताइरी र एन्फाबीच सन् २०२४ सम्मका लागि सम्झौता छ। ‘मुख्य प्रशिक्षक स्वास्थ्य अवस्थाका कारण बारम्बार तनावमा देखिनु, स्वास्थ्य परीक्षणको लागि बिदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद तथा सामाजिक सञ्जालमा अनावश्यक टिका टिप्पणी जस्ता क्रियाकलापले राष्ट्रिय टोलीमा स्वस्थ वातावरण नबनेको देखिन्छ। यस्तो अवस्थामा भविष्यमा अरू समस्या उब्जने प्रवल सम्भावना समेत नकार्न सकिदैन। तसर्थ एसिया कप छनोटपछि कतार एफएसँगको सहयोगलाई निरन्तरता र सहमति कायम गरी मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ,’ कार्यदलको सुझाव थियो।

नेम्वाङले पनि यही कार्यदलको सुझावलाई कार्यान्वयन गर्ने बताए। त्यसयता प्रशिक्षक अल्मुताइरीको भविष्य अन्यौलमा थियो। यता, बुधबार नेम्वाङको अध्यक्षतामा बसेको पहिलो कार्यसमितिको बैठकले प्रशिक्षक पनि अल्मुताइरीको निर्णयविरुद्ध गएर टोली बाहिर रहेका ११ खेलाडीलाई स–सम्मान फिर्ता बोलाउने निर्णय गर्‍यो। यस्तै, प्रशिक्षकको हकमा भने अल्मुताइरी र कतार फुटबल संघसँग समन्वय गरी छानबिन समितिको सुझाव कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दियो। 

बैठको पहिलो निर्णय स्पष्ट थियो– अल्मुताइरीको विकल्प खोज्ने। तर, उनलाई भने हटाउन त्यति सहज भने थिएन। २०७८ चैतमा एक वर्षका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएका अलमुताइरीसँग गत कात्तिकमा एन्फाका निर्वतमान अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि थप तीन वर्षका लागि नयाँ सम्झौता भएको थियो।

तर, त्यसअघि अल्मुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल प्रमुख प्रशिक्षकको रूपमा अन्तिम भएको बताएका थिए। फाइनलपछि भने उनले बोली फेरे। उनले दुई साता आराम गर्ने र एन्फाले चाहेमा नेपाल फर्कने प्रतिक्रिया दिएका थिए।

भारतसँग फाइनलमा नेपाल पराजित भएपछि अल्मुताइरी माल्दिभ्सबाटै आफ्नो देश कुवेतका लागि प्रस्थान गरेका थिए। अल्मुताइरीलाई कतार फुटबल एसोसिएसनले नेपालमा प्रशिक्षण गर्न गत वर्ष पठाएको थियो। नेपाललाई सहयोगस्वरूप प्रशिक्षक उपलब्ध गराएको कतारले नै अल्मुताइरीलाई तलब र सुविधा दिने गरेको छ। एन्फाले नेपालमा रहँदा अल्मुताइरीको बस्ने व्यवस्था मिलाउँदै आएको छ।

निर्वाचनताका नै नेम्वाङ समूहले प्रशिक्षक अल्मुताइरीको बर्खास्तीको माग राखेको थियो। तर, तत्कालीन कर्मा नेतृत्व भने अल्मुताइरीलाई निकाल्न आनाकानी गर्दै आएको थियो। जुन कुराको नेम्वाङ आफैंले बिरोध गर्दै आएका थिए।

अबको विकल्प के?
अल्मुताइरीले शनिबार सामाजिक सञ्जालमार्फत् पुन: नेपाल फर्किने संकेत गरेका छन्। उनले फेसबुकमा स्टोरी राख्दै अबको लक्ष्य फिफा विश्वकप २०२६, एसिया कप २०२७ क्वालिफायर र साफ कप २०२३ रहेको उल्लेख गरेका छन्। तर, उनलाई फर्काउने या नफर्काउने भन्ने अन्तिम निर्णय भने एन्फाले गर्ने छ।

एन्फाका नवनियुक्त महासचिव किरण राईले आफू प्रशिक्षक अब्दुल्लाहसँग सम्पर्कमै रहेको बताए। उनका अनुसार अल्मुताइरीले आफू नेपाल फर्किन तयार रहेको बताएका छन्।

‘उहाँ अहिले स्वास्थ्य परीक्षणका क्रममा कुवेतमा हुनुहुन्छ। उहाँसँग छलफल हुन बाँकी रहे पनि स्वास्थ्य परीक्षण सकेर नेपाल फर्कने बताउनुभएको छ,’ उनले भने।

तर, अल्मुताइरीलाई फर्काउने या नफर्काउने भन्ने विषयमा भने निर्णय गर्न बाँकी रहेको उनले जानकारी दिए। ‘प्रशिक्षकसँग म सम्पर्कमै छु। उहाँसँग छलफल पनि भएको छ। उहाँ नेपाल फर्किन इच्छुक हुनुहुन्छ। तर, छानबिन समितिको प्रतिवेदन अनुसार उहाँलाई ल्याउन पर्ने हुन्छ। यसबारे हामीले अहिल्यै निर्णय गरिहालेका छैनौं,’ राईले नेपाल लाइभसँग भने।

तर, अल्मुताइरीलाई नेपाल फिर्ता पठाउन भने कतार फुटबल संघले एन्फासँग केही सर्त राख्ने बुझिएको छ। अल्मुताइरीसँगको विवाद र कोरोनाकालमा सबै प्रायोजकले हात उठाएको अवस्थामा नेपालको ‘ए’ डिभिजन लिग सञ्चालन गर्न कतार एयरलाइन्सले मुख्य प्रायोजन गरेको विषयमा नेम्वाङले प्रश्न उठाएका थिए। उनी त्यतिबेला एन्फाको वरिष्ठ उपाध्यक्ष थिए। 

एन्फामा नयाँ कार्यसमिति निर्वाचित भएर आउँदासमेत कतारले शुभकामना दिएको छैन। ‘विगतमा नेपाली फुटबललाई कतारले बारम्बार सहयोग गर्दै आएको छ। तर, त्यो गुन बिर्सिएर जतिबेला पनि प्रशिक्षकलाई विवादमा ल्याउने काम नेम्वाङ समूहबाट भइरहेको छ। त्यसै कारण कतार उहाँसँग सहकार्य गर्न डराइरहेको छ,’ उच्च स्रोतले नेपाल लाइभलाई भन्यो। 

कतारको बुझाइ छ, नेपाल साफ च्याम्पियन्सिपका लागि माल्दिभ्स जानुअघि प्रशिक्षकलाई विवादमा तान्न नेम्वाङ समूहले योजनाबद्ध रूपमा काम गर्‍यो। त्यतिबेला नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष रवी राजकर्णिकारको मध्यस्थतामा नेपालस्थित कतारी राजदूतको प्रयासमा समाधान खोज्ने कार्य भएको थियो। तर, बैठकमा नेम्वाङ अनुपस्थित भएर असहयोग गरेका थिए। त्यसलाई अहिले पनि कतारले आफूहरूलाई उपेक्षा गरेको रूपमा बुझेको छ। 

नेम्वाङ निर्वाचित भएपछि पहिलो कार्यसमितिबाट विदेश विभागमा नियुक्त भएका नवीन पाण्डेको विषयमा पनि कतार त्यति सन्तुष्ट छैन। उनले प्रो–लाइसेन्स प्राप्त अल्मुताइरीलाई फुटबल सिकाउन नआउने भन्दै उनको विकल्प खोज्न सुझाव दिएका थिए।

प्रशिक्षक तथा कतारको विषयमा उनले आफ्नो सामाजिक सञ्जालमा राखेको विचारलाई पनि कतारले संवेदनशील भएर हेरेको छ। एन्फा निर्वाचनमा फिफाले भ्रष्टाचारको मुद्दामा १० वर्ष कारबाही गरेको गणेश थापा पनि सक्रिय भएको भन्दै कतार सश‌ंकित देखिएको छ। 

हाल कतारले नेपाली फुटबललाई कोचिङ कोर्ष, प्रो–लाइसेन्स कोर्ष, विदेशमा क्लोज क्याम्पमा बस्न ट्रेनिङको सम्पूर्ण सुविधा, रिहाव ट्रेनिङ र मेडिकल ट्रिटमेन्टको सुविधा दिँदै आएको छ। नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकका लागि तलब पनि उसैले उपलब्ध गराउँदै आइरहेको छ। 

यस्तै, लिग सञ्चालन गर्न कतार एयरलाइन्सले वार्षिक १ लाख ५० हजार डलर उपलब्ध गराउँदै आइरहेको छ। ‘प्रशिक्षक नेपाल फर्किन चाहेर पनि हुने कुरा होइन। एन्फाले फर्काउन चाहेर हुने कुरा पनि होइन। जुन सौहार्दपूर्ण सम्बन्ध थियो, त्यो नेम्वाङ समूहले बिगारिदिएको छ। प्रशिक्षक फर्किएपछि उनलाई काम गर्न दिने वातावरण पनि देखिएको छैन। त्यसैले अहिले कतार नेपालसँग सहकार्य गर्ने कि नगर्ने विषयमा द्विविधा छ। यो सहकार्य समाप्त पनि हुनसक्छ,’ ती व्यक्तिले भने।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता नेपाली समयअनुसार शनिबार बिहान अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा ब्राजिलले हाइटीमाथि ३–० गोलको सहज जित हात पारेको हो । शनिबार, असार ६, २०८३
अस्ट्रेलियालाई हराउँदै आयोजक अमेरिका नकाउट चरणमा प्रवेश अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको हो । विश्वकपमा अम... शनिबार, असार ६, २०८३
ब्राजिलको गोल वर्षा, पहिलो हाफमै हैटीविरुद्ध ३–० को अग्रता ब्राजिलका लागि भिनिसियस जुनियरले पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेका छन् । शनिबार, असार ६, २०८३
ताजा समाचारसबै
रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि आइतबार, असार ७, २०८३
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह आइतबार, असार ७, २०८३
संस्थापक सबै सदस्यलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने रास्वपाको निर्णय आइतबार, असार ७, २०८३
गृहमन्त्री गुरुङले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन मन्त्री लम्सालको निर्देशन शनिबार, असार ६, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक बस्ने स्थान र समय परिवर्तन शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्