काठमाडौं– नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल परिर्वतनका लागि पठाएका नामहरु केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरेको छ।
काठमाडौंमा बसेको बैठकले मन्त्रीमण्डल परिर्वतनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः दबाब दिने निर्णय गरेको छ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता जगनाथ खतिवडाले अब मन्त्रीहरुमा सिफारिस भएको नाममा कुनै पनि परिर्वतन नहुने बताए।
उनले मन्त्रीमा सिफारिस भएका व्यक्तिहरुको नाम परिर्वतन नहुने र आवश्यक परे पछि थपघट गर्न सकिने बताए।
हाल मन्त्री रहेकाहरुले भने आफूहरु बर्हिगमन हुँदा समावेशी आधारमा मन्त्री बनाउनुपर्ने भन्दै बैठकमा नयाँ व्यक्तिहरुको नाम प्रस्ताव गरेका थिए।
यसरी आएका नामहरु अहिले समावेश नहुनेतर्फ संकेत गर्दै खतिवडाले यस्तो जवाफ दिएका हुन्। एकीकृत समाजवादीले ६ महिनाका लागि सुरुमा मन्त्री बनाएकाले उनीहरुलाई फिर्ता गर्दै नयाँ मानिसहरु पठाउने भन्दै केही दिनअघि नाम सिफारिस गरेका थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।