काठमाडौं– नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको बताएका छन्।
मन्त्री फेर्ने पार्टीको निर्णयलाई चुनौती दिँदै मन्त्री तथा सांसदहरुले सामूहिक रुपमा राखेको सर्तबारे उनले यस्तो प्रतिक्रिया जनाएका हुन्।
‘त्यो सर्त गलत हो। पार्टीसँग यस प्रकारको बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई छैन’, शनिबार बसेको केन्द्रीय कमिटीको बैठकपछि खतिवडाले भने।
मन्त्री तथा सांसदहरुले गत असार ९ मा विभिन्न आठ वटा सर्त राखेर अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका थिए। उनीहरुले मन्त्रिपरिषद्मा आफ्ना सदस्यहरु हेरफेर गर्दा पूरै नयाँ लैजानुपर्ने, समावेशी सिद्धान्त अपनाउनुपर्ने जस्ता सर्त राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।