काठमाडौं– एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले पर्यटनमन्त्री प्रेम आलेसहित ६ जना सांसदले गरेको हस्ताक्षर फिर्ता फिर्ता लिएको बताएका छन्।
पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनपछि उनीहरुले हस्ताक्षर फिर्ता लिएको पाण्डेले बताए।
पार्टी निर्णय अवज्ञा गर्नेगरी भएको निर्णय विचार गर्न भन्दै अध्यक्ष नेपालले हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए।
१० जना सांसदहरुले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउन निर्णय गरेको भन्दै विरोधमा हस्ताक्षर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।