फाइल तस्बिर
काठमाडौं– सत्तारुठ गठबन्धनका नेताहरुको बैठकले पेट्रोलियम पदार्थमा हाल लाग्दै आएको कर कटौती गर्न सरकारलाई 'निर्देशन दिने' निर्णय गरको छ।
शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थमा लिइँदै आएको कर भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
सरकारले उक्त विषयलाई आजै (शनिबार)देखि पेट्रोलियम पदार्थमा लगाएका करहरु कटौती गरि लागू गर्ने मल्लको भनाइ छ।
उक्त निर्णय लागु गरेमा डिजेल र पेट्रोलको मुल्यमा प्रतिलिटर झण्डै ३० देखि २५ रुपैयाँसम्म कम हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।