काठमाडौं–प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई मनोनयन गरेका छन्।
पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१ क) बमोजिम सभापति देउवाले खड्कालाई विधानको धारा ३६ र नियमावली २०७६ को नियम ३३ बमोजिम गठन हुने प्रतिष्ठानको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्ण पौडेलले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।