काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू प्रधानमन्त्री भए देशका सबै समस्या समाधान गर्ने बताएका छन्।
नेपाल पर्वतारोहण संघले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले आफू प्रधानमन्त्री भए देशका समस्या अन्त्य गर्ने दाबी गरे।
आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ९ महिना सपना हो कि विपना भन्नेमा वितेको र दोस्रो पटकमा धेरै कुरा सुधार गर्न खोजेको दाबी गरे। अब अवसर पाए धेरै गर्ने उनको भनाइ थियो।
'पहिलो पटक प्रधानमन्त्री हुँदा झिलिमिलीमै झिलिझिलीमै हिँड्यो। ९ महिनामा के हो सपना हो की विपना हो भन्दा भन्दै बित्यो', प्रचण्डले भने, 'दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चै नै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ। मलाईं त्यसमा गर्व छ। अब अर्को पटक नेतृत्व पाएँ भने देशका तमाम समस्याहरूको अन्त्य गर्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।