काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगष्को छन्। दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उनी नर्भिक इन्टरनेशनल अस्पताल पुगेका हुन्।
अस्पताल आएर उनले नियमित स्वास्थ्य जाँच गराएका थिए। सो क्रममा उपराष्ट्रपति करिब दुई घण्टा अस्पतालमा बसेका थिए। उनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेका हुन्।
अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको अस्पतालले जनाएको छ। परीक्षण गर्दा उनको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।