काठमाडौं– नयाँ राजनीतिक दल घोषणा गरेका रवि लामिछानले आफ्नो पार्टी कुनै स्वतन्त्र उम्मेदवारविरुद्ध नभएको दाबी गरेका छन्।
उनले पत्रकार सम्मेलनमा बोल्दै यस्तो दाबी गरेका हुन्। स्वतन्त्र रुपमा देखिएको परिर्वतनलाई मद्दत गर्छ भनेर सदुपयोग गर्न खोजेको आरोप गलत भएको उनले जिकिर गरे।
उनले स्वतन्त्र उम्मेदवारी दिने कसैकोविरुद्धमा आफ्नो पार्टी नभएको स्पष्ट पारे। उनले सही उम्मेदवार भएमा आफूहरुले पनि स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने बताए।
उनले निर्वाचन आयोगले स्वतन्त्र पार्टीको नाम नदिएमा विकल्प सोच्न सकिने बताए। अन्तराष्ट्रिय रुपमा स्वतन्त्र दलहरूको नाम देखेकाले यसको चयन गरेको उनको भनाइ छ।
उनले भने, ‘संसद् राम्रा मानिसले भरिनुपर्ने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी राखेका हौं।’ उनले स्वतन्त्रको ‘मुभमेन्ट’लाई सहयोग गर्नेबाहेक अन्य कुनै उद्देश्य नभएको उनले बताए। विभिन्न स्वतन्त्र उम्मेदवारहरुसँग छलफल पनि थालेको भन्दै लामिछानेले सबैलाई समेटेर अघि बढ्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।