• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

नेम्वाङ नेतृत्वको एन्फाको चार दिन : दुई विवाद, महासचिव भन्छन्–विधान मिचेर केही गरेका छैनौं

64x64
दीप सुवेदी शुक्रबार, असार १०, २०७९  २१:५५
1140x725

काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष पंकजविक्रम नेम्वाङ भन्ने गर्थे–एन्फामा सुशासन भएन। उनको यस तर्क सबैलाई सही नै लाग्थ्यो। यही मुद्दालाई हाँगाबिगा हालेर उनी निर्वाचनमा समेत होमिए। र, निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पहिलो कार्यकालका लागि निर्वाचित भए। 

निर्वाचित भएपछि पनि उनले यही कुरालाई दोहोर्‍याइ रहे। अब एन्फामा सुशासन आउँछ। उनले हाँगाबिगा हालेर उठाएका मुद्दाले पनि यही भन्थ्यो र भन्नुपर्थ्यो। तर, निर्वाचित भएको दुई दिनपछि बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले गरेका निर्णयहरुको यतिबेला आलोचना हुन थालेको छ।

उनको नेतृत्वमा असार ८ गते बसेको नयाँ कार्यसमितिको बैठकले ७ वटा निर्णयहरू गरेको थियो। निर्णयको ७औं बुँदामा भनिएको छ– यही जुलाई २ मा बंगलादेशको राजधानी ढाकामा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) को चुनावमा उपाध्यक्ष पदमा नेपालबाट न्यूरोड टिम (एनआरटी) क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने उल्लेख छ। 

जोशी तिनै हुन्, जो असार ६ गते बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको २१औं चुनावी साधरण सभामा ४१ मत ल्याएर पराजित भएका थिए।

नेम्वाङ प्यानलका दावा लामा, दीपक खतिवडा र विराटजंग शाही निर्वाचित हुँदा उनलाई भने शेर्पा प्यानलका दीर्घबहादुर केसीले २ मतले पराजित गरे।

नेम्वाङकै कुरालाई मान्ने हो भने पराजित हुनु भनेको असक्षम हुनु हो। उनले निर्वाचित भएपछि यस्तै भनेका थिए, ‘उहाँहरु (कर्माछिरिङ शेर्पा) असक्षम हुनुभयो। हामी सक्षम भएर विजयी भयौं।’ तर, उनले असक्षम भएकै मान्छेलाई सुनपानी छर्किँदै चोख्याएर सक्षम बनाएका छन्। यसैको एक उदाहरण हो, एनआरटी अध्यक्ष जोशीलाई साफको उपाध्यक्ष पदका लागि सिफारिस गर्ने निर्णय गर्नु। 

उनले गरेको यो निर्णयले अहिले एन्फाका पदाधिकारीबीचमै मनमुटावको स्थिति पैदा भएको छ। विजयी र सक्षम सदस्य हुँदाहुँदै पनि नेम्वाङले विनाअध्ययन आफूलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै जोशीको नाम प्रस्ताव गरेपछि एन्फा कार्यसमितिका सदस्यहरुले उनको चर्को विरोध गरेका छन्। 

नेम्वाङ नेतृत्वको उक्त निर्णयलाई साफको विधानले मान्यता भने दिँदैन। विधानको धारा ३१ को उपधारा ८ ले साफको कार्यसमिति निर्वाचनमा उठ्न चाहने प्रतिनिधिको नाम सम्बन्धित देशको फुटबल संघले साफको साधारणसभा हुने मितिबाट २ महिना अघि नै नाम सिफारिस गर्नुपर्ने उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि सन् २०१८ मा सोल्टी होटलमा सम्पन्न साफको साधारणसभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि यस्तै निर्णय गरेका थिए। ६३–१२ मतअन्तरले आफूले नै पराजित गरेका मणि कुवँरलाई साफको उपाध्यक्षबाट हटाउन गरेको आग्रह साफ सचिवालयले विधान विपरित भएको भन्दै अस्वीकार गरेको थियो। 

शेर्पा नेतृत्वको कार्यसमितिले कुवँरलाई हटाउने निर्णय गर्दा नेम्वाङ पनि उक्त कार्यसमितिका वरिष्ठ उपाध्यक्ष थिए। तर, यही तथ्य थाहा हुँदाहुँदै नेम्वाङ पुनः शेर्पाले गरेको गल्तीलाई दोहोर्‍याउन खोज्दा कार्यसमितिभित्रै विवादित बनेका छन्। 

तर, महासचिव किरण राईले भने साफको निर्वाचनमा उपाध्यक्ष पदमा नेपालबाट एनआरटी क्लबका अध्यक्ष जोशीको नाम प्रस्ताव गर्ने निर्णय नगरेको दाबी गरेका छन्। 

‘साफको कंग्रेसमा प्रतिनिधि पठाउने भनेको हो। नयाँ कार्यसमिति आएपछि नयाँ प्रतिनिधि पठाउने प्रचलन छ। त्यही अनुसार उहाँलाई पठाउन लागिएको हो। उम्मेदवारी दर्ता होइन, उहाँलाई चाहिँ पठाउने हो,’ महासचिव राईले नेपाल लाइभसँग भने। 

Xtrem

Xtrem

यसका लागि नेपालको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने तयारी भइरहेको पनि उनले जानकारी दिए। ‘नेपालको लागि परेको उम्मेदवारी फिर्ता लिने। उहाँलाई अहिले प्रतिनिधि पठाउने भनेर निर्णय गरेका छौं। त्यसैले विवाद ल्याउनुपर्ने आवश्यक छैन,’ उनले भने।

गैरनेपाली नागरिकले एन्फालाई सहयोग गर्न मिल्छ : महासचिव राई
निर्वाचनलगत्तै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गर्ने निर्णय पनि विवादमा तानिएको छ।

एन्फा विधानको धारा २४ मा एन्फामा निर्वाचित वा मनोनित हुने व्यक्तिको योग्यता बारेमा लेखिएको छ। सो धारामा उपधारा ३ (क) मा गैरनेपाली नागरिक मनोनित हुन नसक्ने लेखिएको छ। 

तर, एन्फामा अध्यक्ष नेम्वाङ नेतृत्वको कार्यसमितिले संस्थाको विधानविपरीत नेपाली मूलका जर्मन नागरिक पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको जिम्मेवारी दिएको छ। एन्फाको विधानमा मात्र हैन, संघीय सरकारको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले समेत गैर नेपालीलाई खेल संघमा निर्वाचित वा मनोनितमा रोक लगाएको छ। 

ऐनको धारा २२ को उपधारा ५ (क)ले  गैर नेपाली नागरिकलाई संघमा मनोनित वा निर्वाचित गर्न नपाइने भनेको छ। पाण्डे चार वर्षअघि समेत अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको रुपमा एन्फा छिरेका थिए।

एन्फाको हरेक आन्तरिका काममा हस्तक्षेप गर्न थालेपछि तत्कालिन अध्यक्ष शेर्पासँग टसल सुरु भएपछि उनले राजीनामा दिएर एन्फा छाडेका थिए। त्यसबेलादेखि उनी ‘चेन्ज एन्फा’को नारा छाडेर ‘चेन्ज कर्मा’को नारासहित नेम्वाङसँग हात मिलाएका थिए।

उनी यही ‘चेन्ज कर्मा’को नारालाई साकार पार्न जर्मनीबाट नेपाल आएका थिए। उनको सहयोगले नेम्वाङ ४५ मतसहित निर्वाचित पनि भए।

तत्कालीन अध्यक्ष शेर्पाले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख रहेका पाण्डेलाई नेपाल प्रतिनिधिको रुपमा फिफा कंग्रेसको ६८औं बैठकमा सहभागी गराएका थिए। पाण्डेलाई फिफामा नेपालको ‘डेलिगेट्स’ बनाएर लैजाने शेर्पाको तत्कालीन निर्णयको सर्वत्र आलोचना भएको थियो।

एन्फा महासचिव राईले पाण्डेलाई नियुक्ति गर्ने प्रक्रियामा विधान नमिचेको दाबी गरेका छन्। ‘उहाँले सेवासुविधा लिएर एन्फाको लागि काम गर्ने होइन। यसरी सेवासुविधा लिने भए श्रम स्वीकृति लिनुपर्थ्यो। तर, उहाँले भोलेन्टियर रुपमा काम गर्ने हो। हामीले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको लागि उहाँलाई जिम्मा दिएको हो,’ उनले भने।

चुनावी मोर्चामा सहयोग गरेवापत नेम्वाङले अहिले साफको निर्वाचनमा उपाध्यक्ष पदमा जोशीलाई प्रस्ताव गर्ने, राईलाई महासचिव, रविन्द्र जोशीलाई कोषाध्यक्ष र पाण्डेलाई अन्तर्राष्ट्रिय विभागमा नियुक्त गर्ने निर्णय गरेर गुन तिरेका छन्।

तर, जुन कुराको विरोध गर्दै शेर्पाविरुद्ध विद्रोह गरेका थिए, अहिले त्यही कुरालाई दोहोर्‍याउँदा भने नेम्वाङ नेतृत्वको एन्फा आफैं विवादको दलदलमा फसेको छ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
स्पेनको जितमा यमलको २ गोल लामिन यमलले दुई गोल गरेपछि विश्वकप विजेता स्पेनले क्रोएसियालाई ४–१ ले पराजित गरेको छ। बुधबार, असोज १४, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्