• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ७, २०८२ Fri, Oct 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

नेम्वाङ नेतृत्वको एन्फाको चार दिन : दुई विवाद, महासचिव भन्छन्–विधान मिचेर केही गरेका छैनौं

64x64
दीप सुवेदी शुक्रबार, असार १०, २०७९  २१:५५
1140x725

काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष पंकजविक्रम नेम्वाङ भन्ने गर्थे–एन्फामा सुशासन भएन। उनको यस तर्क सबैलाई सही नै लाग्थ्यो। यही मुद्दालाई हाँगाबिगा हालेर उनी निर्वाचनमा समेत होमिए। र, निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पहिलो कार्यकालका लागि निर्वाचित भए। 

निर्वाचित भएपछि पनि उनले यही कुरालाई दोहोर्‍याइ रहे। अब एन्फामा सुशासन आउँछ। उनले हाँगाबिगा हालेर उठाएका मुद्दाले पनि यही भन्थ्यो र भन्नुपर्थ्यो। तर, निर्वाचित भएको दुई दिनपछि बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले गरेका निर्णयहरुको यतिबेला आलोचना हुन थालेको छ।

उनको नेतृत्वमा असार ८ गते बसेको नयाँ कार्यसमितिको बैठकले ७ वटा निर्णयहरू गरेको थियो। निर्णयको ७औं बुँदामा भनिएको छ– यही जुलाई २ मा बंगलादेशको राजधानी ढाकामा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) को चुनावमा उपाध्यक्ष पदमा नेपालबाट न्यूरोड टिम (एनआरटी) क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने उल्लेख छ। 

जोशी तिनै हुन्, जो असार ६ गते बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको २१औं चुनावी साधरण सभामा ४१ मत ल्याएर पराजित भएका थिए।

नेम्वाङ प्यानलका दावा लामा, दीपक खतिवडा र विराटजंग शाही निर्वाचित हुँदा उनलाई भने शेर्पा प्यानलका दीर्घबहादुर केसीले २ मतले पराजित गरे।

नेम्वाङकै कुरालाई मान्ने हो भने पराजित हुनु भनेको असक्षम हुनु हो। उनले निर्वाचित भएपछि यस्तै भनेका थिए, ‘उहाँहरु (कर्माछिरिङ शेर्पा) असक्षम हुनुभयो। हामी सक्षम भएर विजयी भयौं।’ तर, उनले असक्षम भएकै मान्छेलाई सुनपानी छर्किँदै चोख्याएर सक्षम बनाएका छन्। यसैको एक उदाहरण हो, एनआरटी अध्यक्ष जोशीलाई साफको उपाध्यक्ष पदका लागि सिफारिस गर्ने निर्णय गर्नु। 

उनले गरेको यो निर्णयले अहिले एन्फाका पदाधिकारीबीचमै मनमुटावको स्थिति पैदा भएको छ। विजयी र सक्षम सदस्य हुँदाहुँदै पनि नेम्वाङले विनाअध्ययन आफूलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै जोशीको नाम प्रस्ताव गरेपछि एन्फा कार्यसमितिका सदस्यहरुले उनको चर्को विरोध गरेका छन्। 

नेम्वाङ नेतृत्वको उक्त निर्णयलाई साफको विधानले मान्यता भने दिँदैन। विधानको धारा ३१ को उपधारा ८ ले साफको कार्यसमिति निर्वाचनमा उठ्न चाहने प्रतिनिधिको नाम सम्बन्धित देशको फुटबल संघले साफको साधारणसभा हुने मितिबाट २ महिना अघि नै नाम सिफारिस गर्नुपर्ने उल्लेख छ। 

Ncell 2
Ncell 2

यसअघि सन् २०१८ मा सोल्टी होटलमा सम्पन्न साफको साधारणसभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि यस्तै निर्णय गरेका थिए। ६३–१२ मतअन्तरले आफूले नै पराजित गरेका मणि कुवँरलाई साफको उपाध्यक्षबाट हटाउन गरेको आग्रह साफ सचिवालयले विधान विपरित भएको भन्दै अस्वीकार गरेको थियो। 

शेर्पा नेतृत्वको कार्यसमितिले कुवँरलाई हटाउने निर्णय गर्दा नेम्वाङ पनि उक्त कार्यसमितिका वरिष्ठ उपाध्यक्ष थिए। तर, यही तथ्य थाहा हुँदाहुँदै नेम्वाङ पुनः शेर्पाले गरेको गल्तीलाई दोहोर्‍याउन खोज्दा कार्यसमितिभित्रै विवादित बनेका छन्। 

तर, महासचिव किरण राईले भने साफको निर्वाचनमा उपाध्यक्ष पदमा नेपालबाट एनआरटी क्लबका अध्यक्ष जोशीको नाम प्रस्ताव गर्ने निर्णय नगरेको दाबी गरेका छन्। 

‘साफको कंग्रेसमा प्रतिनिधि पठाउने भनेको हो। नयाँ कार्यसमिति आएपछि नयाँ प्रतिनिधि पठाउने प्रचलन छ। त्यही अनुसार उहाँलाई पठाउन लागिएको हो। उम्मेदवारी दर्ता होइन, उहाँलाई चाहिँ पठाउने हो,’ महासचिव राईले नेपाल लाइभसँग भने। 

यसका लागि नेपालको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने तयारी भइरहेको पनि उनले जानकारी दिए। ‘नेपालको लागि परेको उम्मेदवारी फिर्ता लिने। उहाँलाई अहिले प्रतिनिधि पठाउने भनेर निर्णय गरेका छौं। त्यसैले विवाद ल्याउनुपर्ने आवश्यक छैन,’ उनले भने।

गैरनेपाली नागरिकले एन्फालाई सहयोग गर्न मिल्छ : महासचिव राई
निर्वाचनलगत्तै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गर्ने निर्णय पनि विवादमा तानिएको छ।

एन्फा विधानको धारा २४ मा एन्फामा निर्वाचित वा मनोनित हुने व्यक्तिको योग्यता बारेमा लेखिएको छ। सो धारामा उपधारा ३ (क) मा गैरनेपाली नागरिक मनोनित हुन नसक्ने लेखिएको छ। 

तर, एन्फामा अध्यक्ष नेम्वाङ नेतृत्वको कार्यसमितिले संस्थाको विधानविपरीत नेपाली मूलका जर्मन नागरिक पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको जिम्मेवारी दिएको छ। एन्फाको विधानमा मात्र हैन, संघीय सरकारको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले समेत गैर नेपालीलाई खेल संघमा निर्वाचित वा मनोनितमा रोक लगाएको छ। 

ऐनको धारा २२ को उपधारा ५ (क)ले  गैर नेपाली नागरिकलाई संघमा मनोनित वा निर्वाचित गर्न नपाइने भनेको छ। पाण्डे चार वर्षअघि समेत अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको रुपमा एन्फा छिरेका थिए।

एन्फाको हरेक आन्तरिका काममा हस्तक्षेप गर्न थालेपछि तत्कालिन अध्यक्ष शेर्पासँग टसल सुरु भएपछि उनले राजीनामा दिएर एन्फा छाडेका थिए। त्यसबेलादेखि उनी ‘चेन्ज एन्फा’को नारा छाडेर ‘चेन्ज कर्मा’को नारासहित नेम्वाङसँग हात मिलाएका थिए।

उनी यही ‘चेन्ज कर्मा’को नारालाई साकार पार्न जर्मनीबाट नेपाल आएका थिए। उनको सहयोगले नेम्वाङ ४५ मतसहित निर्वाचित पनि भए।

तत्कालीन अध्यक्ष शेर्पाले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख रहेका पाण्डेलाई नेपाल प्रतिनिधिको रुपमा फिफा कंग्रेसको ६८औं बैठकमा सहभागी गराएका थिए। पाण्डेलाई फिफामा नेपालको ‘डेलिगेट्स’ बनाएर लैजाने शेर्पाको तत्कालीन निर्णयको सर्वत्र आलोचना भएको थियो।

एन्फा महासचिव राईले पाण्डेलाई नियुक्ति गर्ने प्रक्रियामा विधान नमिचेको दाबी गरेका छन्। ‘उहाँले सेवासुविधा लिएर एन्फाको लागि काम गर्ने होइन। यसरी सेवासुविधा लिने भए श्रम स्वीकृति लिनुपर्थ्यो। तर, उहाँले भोलेन्टियर रुपमा काम गर्ने हो। हामीले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको लागि उहाँलाई जिम्मा दिएको हो,’ उनले भने।

चुनावी मोर्चामा सहयोग गरेवापत नेम्वाङले अहिले साफको निर्वाचनमा उपाध्यक्ष पदमा जोशीलाई प्रस्ताव गर्ने, राईलाई महासचिव, रविन्द्र जोशीलाई कोषाध्यक्ष र पाण्डेलाई अन्तर्राष्ट्रिय विभागमा नियुक्त गर्ने निर्णय गरेर गुन तिरेका छन्।

तर, जुन कुराको विरोध गर्दै शेर्पाविरुद्ध विद्रोह गरेका थिए, अहिले त्यही कुरालाई दोहोर्‍याउँदा भने नेम्वाङ नेतृत्वको एन्फा आफैं विवादको दलदलमा फसेको छ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि प्रतियोगिता जितेको हो। आइतबार चिलीको नेसनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा सम्पन्न फाइनलमा मोरोक्कोलाई जित दिलाउन दुवै गोल यासि... सोमबार, कात्तिक ३, २०८२
विधि र पद्धतिविपरीत काम गरेको आरोपमा एन्फा महासचिव किरण निलम्बित साधारणसभा र कार्यसमितिको म्याण्डेट समेतलाई बेवास्ता गर्दै संघको विधान, विधि र पद्धति विपरित काम गरेको भन्दै कार्यवाहक अध्यक्ष खड्काल... आइतबार, कात्तिक २, २०८२
शहिद स्मारक ए डिभिजन तत्काल होम एन्ड अवेमा नहुने मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले ए डिभिजन क्लवको सुझावका आधारमा तत्कालका लागि होम एन्ड अवे प्रणालीमा लिग नगर्ने निर्ण... मंगलबार, असोज २८, २०८२
ताजा समाचारसबै
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण बिहीबार, कात्तिक ६, २०८२
आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा बिहीबार, कात्तिक ६, २०८२
गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली बुधबार, कात्तिक ५, २०८२
नेपाली नोटमा नेपाल संवत् राख्ने प्रक्रिया अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता बुधबार, कात्तिक ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण बिहीबार, कात्तिक ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्