• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विकल्प बन्न नसकेका वैकल्पिक पार्टीहरू

64x64
ईश्वर बराल शुक्रबार, असार १०, २०७९  १७:१४
1140x725

काठमाडौं– नेपालमा जब–जब निर्वाचनको मिति नजिकिँदै जान्छ, तब नयाँ दल दर्ता हुने क्रम बढ्छ। पछिल्लो एक दशकमा भने नयाँ दर्ता भएका केही दलले निकै चर्चा कमाए। यसपालि पनि स्थानीय निर्वाचन सम्पन्न भएर प्रदेश र संघको निर्वाचन संघारमा छ। यही बेला वैकल्पिक शक्ति निर्माणको आकांक्षा राख्दै नयाँ दल दर्ताको होड चलेको छ।

यो होडमा मिसिन पुगेका छन् पूर्वसञ्चारकर्मी रवि लामिछाने। मुख्य दलको विकल्पको रुपमा प्रस्तुत हुने भन्दै उनी नयाँ दल दर्ताको तयारीमा छन्। उनले दलकाे नाम पनि जुराइसकेका छन्- राष्ट्रिय स्वतन्त्र पार्टी। 

निर्वाचनको संघारमा दल दर्ताको होड चल्नु कुनै नौलो कुरा होइन। यसअघिका निर्वाचनमा पनि चर्चित व्यक्तिहरूले आफूलाई वैकल्पिक शक्तिका रुपमा दाबी गर्दै दल दर्ता गराएकै हुन्। लामिछाने पछिल्लो उदाहरण मात्र हुन्।

गएको स्थानीय निर्वाचनअघि पनि केही नयाँ दल दर्ता भए। तीमध्ये पूर्वप्रहरी (डीआईजी) रमेश खरेलले पनि राजनीतिमा वैकल्पिक शक्तिका रुपमा आफूलाई स्थापित गराउने दाबीसहित दल दर्ता गरे। उनले नेपाल सुशासन पार्टी दर्ता गरेर स्थानीय निर्वाचनमा होमिएका थिए। उनको पार्टीले पर्सामा आफ्नो उपस्थिति देखाएको थियो। पर्साको पोखरिया नगरपालिकाको एउटा वडाध्यक्ष सुशासन पार्टीले जितेको छ। मेयरमा सुशासनका शंकर राउत अहिरले २,९०९ मत ल्याएर तेस्रो हुँदा एमालेका प्रद्युम्न चौहान ५,५५४ मतसिहत विजयी भए।

त्यसअघि २०७४ सालको निर्वाचनमा पनि 'वैकल्पिक शक्ति'को नाममा केही दल खडा भएका थिए। निर्वाचनको मिति सार्वजनिक भएसँगै पत्रकार रहेका रवीन्द्र मिश्र साझा पार्टी बनाएर निर्वाचनमा सहभागी भए। बीबीसीको जागिर छाडेर राजनीतिमा लागेका मिश्रले तत्कालीन समयमा सार्वजनिक वृत्तमा राम्रै स्थान पाएका थिए। तर जति चर्चा भयो, त्यति भोट बटुल्न भने उनको पार्टी असफल भयो।

साझा पार्टीले उक्त निर्वाचनमा कतै पनि आफ्ना उम्मेदवार जिताउन सकेन। बागमती प्रदेश सभामा भने समानुपातिकबाट तीन जनाको प्रतिनिधित्व गराउन सफल भएको थियो। २०७९ सालमा आइपुग्दा मिश्रले आफैले नेतृत्व गरेको पार्टीको कार्यकारी पदबाटै राजीनामा दिएका छन्।

मिश्रले पार्टी गठन गरेको ठीक एक वर्षअगाडि २०७३ जेठमा डा.बाबुराम भट्टराईले पाँच वर्षदेखि २५ वर्षसम्म गरिने कामहरूको विवरण सार्वजनिक गर्दै 'नयाँ शक्ति पार्टी' गठन गरे। पूर्व प्रशासक, पूर्व माओवादीका केही प्रभावशाली नेता र अभिनेतालाई साथमा लिएर गठन भएको उक्त पार्टी २०७४ सालको निर्वाचनमा राष्ट्रिय दल बन्न सकेन।

उक्त निर्वाचनमा भट्टराईले मात्र संघीय संसद्‍मा प्रत्यक्षतर्फको निर्वाचन जित्न सके। तर, पार्टीले समानुपातिकतर्फ ३% मत पनि ल्याउन नसक्दा समानुपातिकमा प्रतिनिधित्व हुन सकेन। भट्टराईको हैसियत पनि स्वतन्त्र सांसद्को मात्र भयो। प्रदेशतर्फ बागमतीमा रसुवाबाट प्रेम तामाङले मात्र निर्वाचन जिते। नेपालको संविधानमा राष्ट्रिय दल बन्न समानुपातिक तर्फ ३% र प्रत्यक्ष तर्फ १ सिटमा जित हासिल गर्नुपर्ने हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

उता विसं २०७० को दशकको सुरुवातबाटै फरक किसिमको राजनीतिक अभियान गर्दै आएको उज्जवल थापाको समूह पनि २०७४ को निर्वाचनमा विवेकशील पार्टीका नाममा निर्वाचनमा सहभागी भएको थियो। यसअघि उनले 'विवेशकील नेपाली' नाममा राजनीतिक चेतना फैलाउने भन्दै अभियान चलाएका थिए।

सामाजिक सञ्जाल र बाहिरी चर्चामा प्रभाव राम्रै देखिए पनि साझा पार्टीले एकाधबाहेक जनप्रतिनिधिका रुपमा जित हासिल गर्न सकेन। पछि मिलन पाण्डेको नेतृत्वमा रहेको विवेकशील र मिश्रको साझा पार्टीको एकस्करण गरेर बनेको विवेकशील साझा पार्टीलाई वैकल्पिक शक्तिकै रूपमा हेर्न थालेका थिए। मिश्र अध्यक्ष र पाण्डे संयोजक थिए। तर, आन्तरिक गुटबन्दीका कारण अहिले उक्त पार्टी छिन्न–भिन्न भएको छ। 

वैकल्पिक बन्न आएका पार्टीहरू विघटन तथा पतनको बाटोमा गइरहेको अवस्थामा उही पुरानै ढर्रा वा ढाँचामा निर्वाचनछेक पार्टी गठन गर्न आइपुगेका छन् सञ्चारकर्मी लामिछाने। यसरी निर्वाचनकै बेला 'वैकल्पिक शक्ति' बन्ने होडमा आउने जमातलाई राजनीतिक विश्लेषक मुमाराम खनाल ‘मौसमी’ भन्छन्। 

नेपाली समाजको जटिलतालाई नबुझी पार्टी गठन हुने र निर्वाचनको नतिजा अपेक्षित नभएपछि पार्टीहरू हराउने पाराले राजनीति नचल्ने बताउँछन् उनी। ‘नेपाली समाजको राजनीति, नेपाली समाज र अहिलेका राजनीतिक दलहरूको इतिहासलाई नबुझिकनै एउटा सेन्टिमेन्टबाट चुनावमा प्रचार गरिहाल्ने र रमाएर बस्ने जमात मौसमी नै हो,’ उनी भन्छन्, ‘विशेषगरी, यो जमात काठमाडौं केन्द्रित छ। तर, नेपालको राजनीति यस्तो मौसमी पाराले चल्दैन।’

खनालका अनुसार यसरी पार्टीहरू सफल नहुनुमा नेतृत्व गर्न आउने व्यक्तिवादी र अहंकारी भएकाले हो। रवीन्द्र मिश्रको उदाहरण दिँदै उनी भन्छन्, ‘रवीन्द्र मिश्रले जनतालाई आफूतिर आर्कषित गर्न सकिन्छ भन्ने जुन बालसुलभ हठका साथ केन्द्रित हनुभयो। त्यो असफल भएर गयो। उहाँ एकदमै व्यक्तिकेन्द्रित हुनुभयो।’

खनाल वैकल्पिक राजनीतिक दलका लागि पर्याप्त आधारहरू रहेको बताउँछन्। तर, शक्ति निर्माण भएर आउन नसकेको र तत्काल संकेत नदेखिएको उनको भनाइ छ। विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीहरू राजनीतिमा वैकल्पिक शक्ति बन्ने उद्देश्यकासाथ आउने भए पनि चुनावमा मात्र केन्द्रित हुँदा चाहिँ पानीको फोकाजस्तो बन्ने गरेको बताउँछन्।

‘राजनीतिमा वैकल्पिक शक्ति बन्ने उद्देश्यकासाथ आउने हो,’ उनी भन्छन्, ‘चुनावको सन्निकट पार्टी दर्ता गर्ने अनि चुनावमा जितेर देश नै उल्टयाउँछु भनेर राजनीतिमा आउने चाहिँ पानीकै फोका हुन्। जसलाई मौसमी पनि भन्न मिल्छ।’

पाण्डेको विवेकशील आफैं वैकल्पिक शक्तिको रूपमा प्रस्तुत भएको थियो। तर, त्यस पार्टीको अहिलेको अवस्था निकै रुग्ण रहेको छ। पाण्डे यो कुरा आफ्नो पार्टीको हकमा भने स्वीस्कार्न सक्दैनन्। 

‘विवेकशील पार्टी २० वर्षको समय लिएर राजनीतिमा प्रवेश गरेको हो,’ उनी भन्छन्, ‘पार्टीमा उदार–चढाव हुन्छ नै। अनि उद्देश्य निर्वाचन मात्र बोकेर आएको छ भने पानीको फोका भइहाल्छ तर बदल्छु भनेर आएको छ भने त सफल भइहाल्छ नि!’

आफ्नै पार्टीको उदाहरण दिँदै पाण्डे केही मात्र सफल हुँदैमा ठूलो बनाउने र केही अन्तरसंघर्ष हुँदैमा सकियो भन्ने भन्ने ‘न्यारेटिभ’ गलत रहेको बताउँछन्। उनी भन्छन्, ‘वैकल्पिक शक्तिलाई कस्तो ‘न्यारेटिभ’ स्थपित हुन्छ भने, चार पाँच वर्ष अगाडि विवेकशीललाई भव्य भनिन्थ्यो। जुन सहि थिएन। अहिले सकियो भनिँदैछ। त्यो पनि सही होइन।’

नेतृत्व गर्ने ‘एक्टर’ नै व्यक्तिवादी बन्ने होडले यो आन्दोलन बेलाबेलामा टुट्ने गरेको उनको बुझाइ छ। तर रविसम्मको उदयलाई हेर्दा वैकल्पिक शक्तिका रुपमा आफूले ७० साल तिरबाट चलाएको अभियान स्थापित हुँदै गएको र बलियो शक्तिको आवश्यकता बढ्दै गएको तर्क छ उनको। 

पाण्डेको तर्कसँग सहमत छन् विश्लेषक खनाल। बैशाख ३० को स्थानीय तहको निर्वाचनको नतिजालाई आधार मान्दै खनाल भन्छन्, ‘व्यक्तिगत रूपमा बालेन, हर्क साम्पाङहरूको उदय भएको छ। तिनि कति सफल, कति असफल हुन्छन्। त्यो भोलि नै थाहा होला। तर, यसले के पुष्टि गर्छ भने बलियो वैकल्पिक शक्तिको आवश्यकता रहेको छ।’

नयाँ शक्तिबाट वैकल्पिक शक्तिको रूपमा उदाउने उद्घोष गरेका बाबुराम भट्टराई अहिले मार्ग परिवर्तन गरेर परम्परागत पार्टीकै एक हिस्सासँग ‘मर्ज’ भएका छन्। तर, उनी वैकल्पिक शक्तिहरूको उदय झन् बढेको बताउँछन्। यसको आवश्यकता र औचित्य बढेर गएको बताउँदै हिम्मत नहार्न आव्हान गर्छन् भट्टराई।

‘वैकल्पिक राजनीतिको आवश्यकता वा औचित्य समाप्त भएको छैन। बरु नेपालमा मात्र हैन विश्व स्तरमा नै बढेर गएको छ’, सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै उनी भन्छन्, ‘विज्ञानको विकास विभिन्न प्रयोगशालाका परीक्षणबाट गुज्रेर मात्रै हुन्छ। नयाँ शक्ति, विवेकशील आदि परीक्षण हुन्। अझै थुप्रै परीक्षण हुनेछन्, हुनुपर्छ। हिम्मत नहारौं।’

पछिल्लो समय रवि लामिछानेले पार्टी गठन गर्ने घोषणा गरेपछि यस्ता शक्तिहरूको सफलता र असफलताबारे विभिन्न टिप्पणी भइरहेका छन्। हिजो वैकल्पिक शक्ति बनेर परिवर्तन गर्छु भनेर आएका मिश्र, पाण्डे, र भट्टराईहरू कि त मार्ग परिवर्तन गरेका छन्, या त आफैं अल्मलिएर बसेका छन्। तर, आफ्ना कमजोरीबाट सिक्न रविलाई सुझाव दिइरहेका छन्। यि कुरा तिनका पछिल्ला सार्वजनिक अभिव्यक्तिले पुष्टि गर्छ। 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ता भएको छ। बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्