काठमाडौं– नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज शुक्रबार बस्दैछ।
बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा अहिले बिहान ११ बजे बस्ने तय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकमा गत ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको समीक्षा र शनिबार हुने केन्द्रीय कमिटीको बैठकमा के–के अजेन्डा उठाउने भन्ने बारेमा छलफल हुनेछ।
शनिबार केन्द्रीय कमिटीको बैठक बोलाएको एकीकृत समाजवादीले १३ र १४ गते केन्द्रीय परिषद्को बैठक बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।