काठमाडौं– राप्रपा नेपालले सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ।
प्रदेशका राजधानीहरुमा कार्यक्रम गरिने तय भए अनुसार यसअघि हेटौंडा, विराटनगर, जनकपुर, बुटवल र पोखरामा कार्यक्रम सम्पन्न भइसकेका राप्रपा नेपालले जनाएको छ।
यही असार ११ गते सुदूरपश्चिम प्रदेशस्तरिय कार्यक्रम धनगढीमा र १६ गते सुर्खेतमा कर्णाली प्रदेशस्तरी गरिने बताइएको छ।
कार्यक्रमका लागि राप्रपाका महामन्त्री राजाराम बर्तौला धनगढी पुगिसकेका छन्। बर्तौलाका अनुसार सबै वर्ग, क्षेत्र, समुदायका व्यक्तिहरूसँग पार्टी अध्यक्ष कमल थापाले अन्तरक्रिया गर्नेछन्।
प्रदेशभित्रका जिल्लाका अध्यक् सहित प्रतिनिधिहरुको सहभागितामा छुट्टै अगुवा कार्यकर्ता भेलाको आयोजना हुनेछ । जहाँ थापाले प्रशिक्षण समेत दिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।