सिन्धुपाल्चोक– नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले एक दिन बिदा दिएको छ।
शुक्रबार नगरपालिका अन्तर्गतका सबै कार्यालयमा बिदा दिने निर्णय भएको सूचना प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्टले जारी गरेका छन्।
सूचनामा भनिएको छ, ‘यस बाह्रबिसे नगरपालिकाको ११ नगरसभा सफलतापूर्वक सम्पन्न भएकाले नगरअन्तर्गतका सम्पूर्ण कार्यालयमा शुक्रबार बिदा दिने बेहोरा आदेशअनुसार अनुरोध छ।’
नगरसभा बिहीबार सम्पन्न भएको हो। उक्त नगरपालिकाको मेयर कांग्रेसका बालकृष्ण बस्नेत र उपमेयर मञ्जु तामाङ छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।