• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

न्यायाधीश–वकिल 'घुस डिल' प्रकरण: वकिलहरु बीचमै सुरु भयो आरोप–प्रत्यारोप

बहालवालादेखि पूर्वन्यायाधीश र कानुन व्यवसायीमाथि छानबिन गर्न माग
64x64
नेपाल लाइभ बिहीबार, असार ९, २०७९  १७:१९
1140x725

काठमाडौं– सहकारीका बचतकर्ताको करोडौं निक्षेप हिनामिना गरेको अभियोग लागेका व्यापारी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार कोइरालालाई कानुन व्यवसायी (नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष) रुद्र प्रसाद पोखरेलले 'घुस' अफर गरेको प्रकरण बाहिरिएपछि न्याय क्षेत्रमा हलचल मच्चिएको छ। 

कानुन व्यवसायी पोखरेलले न्यायाधीश कोइरालाई घुस अफर गरेको टेलिफोन वार्ताको अडियो बाहिरिएपछि कानुन व्यवायीहरु बीचमै आरोप–प्रत्यारोप चलेको छ। केही कानुन व्यवसायीले पोखरेललाई 'बिचौलिया'को आरोप समेत लगाएका छन्। 

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसहित करिब २० जना कानुन व्यवसायीले बिहीबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेर 'विचौलिया वकिल'माथि छानबिन गरी कारबाही गरिनुपर्ने माग गरेका छन्। 

उनीहरुले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश र विचौलियाको रुपमा काम गर्ने कानुन व्यवसायीको सम्पत्ति समेत छानबिन हुनुपर्ने र त्यसका लागि शक्तिशाली, निष्पक्ष आयोग बनाउनुपर्ने माग कामु प्रधानन्यायाधीश कार्कीसमक्ष गरेका छन्।  

न्याय क्षेत्रमा कानुन व्यवसायी नै विचौलियाको रुपमा सक्रिय रहेको भन्ने तथ्य यसअघि सर्वोच्च अदालतकै एक छानबिन समितिले औंल्याएको थियो। न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित न्यायालयका विकृति छानबिन समितिले तयार पारेको प्रतिवेदनमा न्यायाधीश, अदालतका कर्मचारी र कानुन व्यवसायी लगायत अन्य पेसाको आवरणमा विचौलियाको रुपमा सक्रिय रहेको तथ्य औंल्याइएको छ। 

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेल बीचको टेलिफोन कुराकानीको अडियो बाहिरिएपछि कानुन व्यवसायीहरु विचौलियाको रुपमा सक्रिय रहेको भन्ने तथ्य पुष्टि भएको बिहीबार कामु प्रधानन्यायाधीशलाई ज्ञापनपत्र बुझाउन पुगेका एक अधिवक्ताले बताए। अब शक्तिशाली आयोग बनाएर यस्ता विचौलियामाथि छानबिन हुनुपर्ने ती अधिवक्ताको माग छ। 

न्युज २४ टेलिभिजनको 'सिधा कुरा जनतासँग' नामक कार्यक्रमको मंगलबारको श्रङ्खलामा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच रकम मोलमोलाइ भएको अडियो सार्वजनिक भएको थियो। 

सिभिल बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको करोडौं रकम (निक्षेप) हिनामिना गरेको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी अनुसन्धान सकेर अदालतमा थुनछेक बहस चल्दै गर्दा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको रकम लेनदेनको कुरा झण्डै ७ महिनापछि सार्वजनिक भएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

सीआईबीको अनुसन्धानपछि सरकारी वकिल कार्यालय काठमाडौंले ५ अर्ब ७७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दाको थुनछेक बहस सकिएपछि तामाङलाई १० हजार धरौटीमा रिहा गरे २ करोड रुपैयाँ 'घुस' पाइने प्रस्ताव अधिवक्ता पोखरेलले न्यायाधीश कोइराला समक्ष राखेको अडियोमा सुनिन्छ। 

उक्त अडियो सार्वजनिक भएपछि बुधबार कामु प्रधानन्यायाधीश कार्कीले न्याय परिषद्‌को बैठक बोलाएका थिए। परिषद्‌को बैठकले अडियो प्रकरणको छानबिनका लागि समिति गठन गरेको छ। समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन ४५ दिनको समय दिइएको छ। 

तर, बिहीबार कामु प्रधानन्यायाधीश कार्कीलाई भेटेर ज्ञापनपत्र बुझाएका कानुन व्यवसायीहरुले भने छानबिन समितिलाई दिइएको ४५ दिनको समय धेरै भएको बताएका छन्। उक्त प्रकरणमा १ हप्ता भित्रै अनुसन्धान सकेर प्रतिवेदन बुझाउन सकिने कानुन व्यवसायीहरुको राय छ। 
 
'न्यायाधीश राजकुमार कोइरालाले उक्त अडियोको आधिकारिकता पुष्टि गरेपश्चात छानबिनका लागि ४५ दिनको समयले विषयवस्तुको गम्भीरतालाई ओझेलमा पार्न सक्दछ। यति संवेदनशील विषयमा छिटो, छरितो र बस्तुगत रुपमा छानबिन होस् भन्ने नै सर्वसाधारण नेपाली नागरिक र हामीजस्ता कानुन व्यवसायीको धारणा रहेको छ,' कामु प्रधानन्यायाधी कार्कीलाई बुझाएको ज्ञापनपत्रमा उनीहरुले भनेका छन्। 

कामु प्रधानन्यायाधीशको जवाफ– म भ्रष्टाचार सहन्न 
उनीहरुसँगको भेटमा कामु प्रधानन्यायाधीश कार्कीले भ्रष्टाचारजस्तो विषयलाई कुनै पनि रुपमा सहन नसकिने बताएका छन्। भेटमा सहभागी एक कानुन व्यवसायीका अनुसार कामु प्रधानन्यायाधीश कार्कीले अदालतभित्र हुने भ्रष्टाचारमा आफ्नो शुन्य सहनशीलता रहेको पनि बताएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विचौलियाको रुपमा काम गर्ने न्यायाधीश वा अन्य जुनसुकै व्यक्तिलाई पनि उन्मुक्ति नदिइने कामु प्रधानन्यायाधीश कार्कीको दृढता छ। 

‘अदालतमा हुने सबै प्रकारका भ्रष्टाचारमा मेरो कठोर नीति हुन्छ। सर्वोच्च अदालतले बनाएको समितिको प्रतिवेदनको कार्यान्वयन कडाइका साथ हुन्छ,’ कामु प्रधानन्यायाधीश कार्कीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक कानुन व्यवसायीले भने। 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क
सम्बन्धित सामग्री
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी समितिका संयोजक भट्टराईका अनुसार सुनारले आरोप स्वीकार नगरेपछि अब सार्वजनिक सामग्रीको सत्यता परीक्षण र थप प्रमाण संकलनमा केन्द्रित हुन... आइतबार, कात्तिक ८, २०८३
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीक... आइतबार, कात्तिक ८, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
एनपीएलको विजेतालाई १ करोड १० लाख, अन्यले कति पाउँछन् ? आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्