• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयक, विपद् व्यवस्थापन र मूल्यवृद्धिमा सांसदको प्रश्न

64x64
रासस बिहीबार, असार ९, २०७९  १४:३९
1140x725

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मूल्यवृद्धि, लामो समयदेखि संसद्मा अड्किएर बसेको नागरिकता विधेयक र विपद् व्यवस्थापनका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै उनीहरूले नागरिकसँग प्रत्यक्ष जोडिएका ती विषयमा जनधनको सुरक्षा तथा सहज जीवनयापनका लागि उचित कदम चाल्न सभामुखमार्फत सरकारसँग आग्रह गरे। उनीहरूले राजधानी काठमाडौंमै हैजाका बिरामी देखिएको बताउँदै उचित तवरबाट फोहोर व्यवस्थापन गर्नसमेत माग गरेका छन्। 

शून्य समयमा सांसद लालप्रसाद साँवा लिम्बूले विपद् व्यवस्थापन र आपतकालीन उद्धारको पूर्व तयारी कार्यलाइ चुस्त पार्न ध्यानाकर्षण गराए। सांसद लालबाबु पण्डितले दुई लाख ५० हजार युवा नागरिकताविहीन भएर पहिचानको खोजीमा रहेको बताए। 

उनले नागरिकता विधेयक फाष्ट ट्र्याकबाट पारित गरी नागरिकता वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्। सङ्घीय निजामति विधेयक फिर्ता गर्नु सङ्घीयताको मर्म विपरीत भएकाले राज्य व्यवस्थाबाट पारित भएको उक्त विधेयकलाई संसद्मा ल्याई पारित गर्न पनि उनले आग्रह गरे। 

सांसद विनाकुमारी श्रेष्ठले कोही पनि नेपाली नागरिकता लिनबाट वञ्चित नहोस् र कोही पनि विदेशीले नागरिकता नपाओस् भन्नेतर्फ सचेत हुन आग्रह गर्दे गरिन्। सरकारलाई उनले प्रश्न गरिन्, ‘नेपाली छोराछोरी अनागरिक भएर बस्नुपर्ने कहिलेसम्म?’ 

nimb
nimb
Ncell 2
Ncell 2

नागरिकता नहुँदा बैंकमा खाता खोल्नदेखि विदेशमा पढ्नसमेत जान नपाएको उनले गुनासो गरिन्। उनले भनिन्, ‘नागरिकता नहुँदा बैंक खाता खोल्न पाएका छैनन्, विदेशमा पढ्न जान पाएका छैनन्, विदेशमा काम गर्न जान पाएका छैनन्, वास्तविक नेपाली नागरिकताबाट वञ्चित हुन नपरोस्, छिटो व्यवस्थापन होस्।’

सांसद विशाल भट्टराईले मध्यपहाडी पुष्पलाल लोकमार्गलगायतका सडक सुस्तगतिमा काम भएको भन्दै छिटो अघि बढाउन आग्रह गरे। 

सांसद सत्या पहाडीले जाजरकोटलगायत केही स्थानीय पालिकामा बैंकका शाखा नखुल्दा सामाजिक सुरक्षा भत्तासमेत प्राप्त गर्न नसकेको बताइन्। सांसद सरिता न्यौपानेले उपत्यकाको फोहोरमैला व्यवस्थापनमा जोड दिइन्। सांसद विनादेवी बुढाथोकीले काठमाडौंमा हैजाका बिरामी देखिएको भन्दै फोहर व्यवस्थापन गर्न आग्रह गरिन्। 

सांसद लक्ष्मीकुमारी चौधरीले मूल्यवृद्धिले हातमुख जोर्न धौ–धौ भइरहेका बेला रुस र युक्रेनको युद्धलाई दोष थोपरेर पन्छिन नपाउने बताइन्। उनले पनि नागकिरता विधेयक छिटो सदनमा ल्याउन माग गरिन्। 

सांसद लक्ष्मी परियारले बाढीपहिरो बढ्दो क्रममा रहेकाले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेर नागरिकलाई सरकार भएको अनुभूति दिलाउन अनुरोध गरिन्। 

सांसद हीरा गुरुङले महंगीले ढाड सेकिसकेको भन्दै नारिकलाई कति सास्ती दिने हो? भन्दै प्रश्न गरिन्। उनले बजारमा मनोमानी दरभाउ बढ्दो क्रममा रहँदा पनि सरकार मौन बसेको आरोप लगाइन्। 

शून्य समयमा सांसदहरु समिना हुसेन, लालबहादुर थापा, विन्दा पाण्डे, सीताराम महतो, विमला विश्वकर्मा, शरिताकुमारी गिरी, सत्यनारायण शर्मा खनाल, सूर्यनारायण यादव र सञ्जयकुमार गौतमलगायतले धारणा राखेका थिए। 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एनआरएनएका माग सम्बोधन हुन्छन् : रास्वपा नेता गणेश पराजुली गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय १७औँ सम्मेलनको सोमबार आयरल्यान्डको डब्लिनमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद पराजुलील... मंगलबार, साउन २६, २०८३
दिउँसो १ बजे प्रतिनिधि सभा बैठक, ११ बजे दुई संसदीय समितिका बैठक बस्दै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा ‘ २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर... मंगलबार, साउन २६, २०८३
पत्रकारसँग प्रचण्डका १० कुरा : बालेनदेखि रवि, संविधान संशोधनदेखि वाम–लोकतान्त्रिक सहकार्यसम्म सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै मंगलबार, साउन २६, २०८३
रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल, शोकमा डुब्यो जनकपुर मंगलबार, साउन २६, २०८३
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् मंगलबार, साउन २६, २०८३
ब्रोड पिक’ हिमपहिरोमा निधन भएका ३ नेपालीको शव आज काठमाडौँ ल्याइँदै मंगलबार, साउन २६, २०८३
बाढी-पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद्ध (विवरणसहित) मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
‘सिंहदरबार’ नाममाथि बहस चल्दा शङ्कर पोखरेलले सम्झाए सिंहका ६ विशेषता सोमबार, साउन २५, २०८३
काठमाडौं विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस सोमबार, साउन २५, २०८३
नेपाली क्रिकेटको कप्तानीमा फर्किए सन्दीप, एसीसीसी प्रिमियर कपका लागि टोली घोषणा सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्