काठमाडौं– नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले केही घण्टामै मन्त्रीहरु परिवर्तन हुने बताएका छन्। सचिवालय बैठकको निर्णय जानकारी दिँदै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘अब चाँडै नै हेरफेर हुन्छ। अब दिनहरुमा होइन, केही घण्टामै मन्त्रीहरु हेरफेर गर्ने दिशातिर लागिरहेका छौं।’
उनले पार्टीको निर्णय अन्तिम रहेको बताउँदै बिदा गरिसकिएका मन्त्रीहरु बिदा हुने बताए। भद्र सहमति नै ६ महिना भएकाले अहिले वर्तमान मन्त्रीहरु बिदा गरेको उनको भनाइ छ।
उनले थपे, ‘कोही चिरस्थायीकालसम्मका लागि मन्त्री हुन सक्दैन। पहिल्यै गरेको जेन्टलमेन एग्रिमेन्टअनुसार हामीले मन्त्री बिदा गरेका छौं, उहाँहरु बिदा हुनुहुन्छ।’
मन्त्रीहरुले अध्यक्ष नेपाललाई भेटेर राखेको शर्तकोसमेत अर्थ नभएको उनले बताए। व्यक्तिगत कुरा गर्न र शर्त राख्न पाइने बताउँदै निर्णय कार्यान्वयन पार्टीको हुने बताए।
मन्त्रीहरु कसैले विद्रोह गर्ने कुराको गुञ्जायस नपाएको बताउँदै त्यस्तो बाटोमा लाग्ने व्यक्तिबारे आफूहरूले संकेत नपाएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।