• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

पूर्वन्यायाधीश भन्छन्–रातो बत्ती बल्यो, फूलकोर्ट बोलाएर भ्रष्टाचारमा छानबिन थालौं

64x64
नेपाल लाइभ बुधबार, असार ८, २०७९  १९:५२
1140x725

काठमाडौं–जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र कानुन व्यवसायी रुद्र पोखरेलका बीचमा भएको घुस लेनदेनको अडिओ सार्वजनिक भएपछि न्यायालय तरंगित भएको छ। 

पछिल्लो समय चोलेन्द्रशम्शेर राणाको नाममा आन्दोलन भएर साख गुमाएको न्यायालय फेरि एकपटक न्यायाधीशको अडिओ सार्वजनिक भएपछि विवादमा तानिएको छ। 

न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको छानबिन समितिले न्यायालयमा भ्रष्टाचार छ भनि स्वीकार गरेको केही समयमा राणा र घुस प्रकरण सार्वजनिक भएका छन्। यसले गर्दा एकपछि अर्को रूपमा न्यायालयको छविमा असर पुर्‍याएको पूर्व न्यायाधीशहरूको टिप्पणी छ। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी न्यायाधीश र कानुन व्यवसायीकाबीचमा घुस लेनदेन र मोलमाेलाइको कुरा सार्वजनिक रुपमा आउनु न्यायालय र यसका नेतृत्वमाथि गम्भीर प्रश्न भएकाे बताउँछन्। 

न्यायालयमा भ्रष्टाचार छ भनेर आफूले पदमै रहँदासमेत बोलेको सम्झना गर्दै उनले भने, ‘विगतमा पनि यसमा प्रश्न उठाइयो तर गम्भीर भएर काम नगर्दाको परिणाम अहिले पछिल्लो समयमा एकपछि अर्को रुपमा देखा परिरहेका छन्।’

उनले अघि भने, ‘मैले न्यायाधीश हुँदैदेखि भनेको न्यायालयमा भ्रष्टाचार छ। नेतृत्व निर्मम भएर कारबाहीमा केन्द्रित हुनपर्‍यो भनेका कुरा अहिले स्थापित हुँदैछन्।

प्रधानन्यायाधीशविरुद्ध वहालवाला न्यायाधीशले आन्दोलन गर्नुपर्ने, न्यायालयको सहयोगी नेपालबारले २२ बुँदे आरोप लगाउनुपर्ने अनि महाअभियोगमा त्यस्तै बुँदाहरु समावेश हुनुले यसको पुनः पुष्टि भएको छ।’

उनले अहिले अडिओ प्रकरणले झन् न्यायालयमा भ्रष्टाचारको जालो गाडिएको छ भन्ने कुरा पुष्टि गरेको बताए। ‘अदालतमा भष्टाचारले बलियो जरा गाडेको छ,’ केसीले भने, ‘यसमा सर्वोच्चका नेतृत्व(प्रधानन्यायाधीश) र न्याय परिषद् पनि उत्तिकै दोषी छन्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

गलत मानिसहरू नियुक्ति गर्नेदेखि उनीहरूमाथि परेको उजुरीमा किन गम्भीर रुपमा छानबिन गरेर कारबाही गरिएन भन्दै न्याय परिषद्‌माथि केसीले प्रश्न गरेका छन्। 

‘न्याय परिषद् उजुरीमाथि छानबिन गरेर कारबाही गर्नेभन्दा उजुरी थन्क्याउने थलो बन्यो र बनाइयो,’ उनले भने, ‘घरभित्रै हुर्केको यही संस्कार अहिले अडिओ बनेर बाहिर आयो।’

अडिओ प्रकरणलाई उनले न्यायालयमाथि रातो बत्ती बलेको टिप्पणी गरेका छन्। अब न्यायालय खतराको अवस्थामा पुगेको भन्दै उनले चाँडै उद्धारका लागि छानबिन हुनुपर्ने बताए। 

अबको नेतृत्व र परिषद्ले के गर्ने भनेर आवश्यक निर्णय लिनुपर्ने बेला आएको उनको भनाइ छ। ‘अब फूलकोर्ट बसेर एउटा मापदण्ड बनाएरै जानुपर्छ। अदालतमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियारजस्तै निकाय बन्नुपर्‍यो,’ उनले भने, ‘आयोग बनाएर त्यसमा स्वतन्त्र व्यक्ति राखिनुपर्छ। अनि कारबाहीका लागि पनि अलग्गै अदालत बनाउनुपर्छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चोलेन्द्रशम्शेर राणाको नेतृत्वका कारण खस्केको अदालतको आस्था यो अडिओ प्रकरणले थप खस्काएको उनको विश्लेषण छ। यसमा सुधारको सुरुआत गर्नका लागि केही न केही कदम चाल्नुपर्ने आवश्यकता देखिएको उनले औंल्याए।

यस्तै विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीले पनि सार्वजनिक अडिओ प्रकरणले न्यायाधीश र कानुन व्यवसायी दुवैको चरित्र र चित्र देखाएको टिप्पणी गरे। 

‘केही न्यायाधीश बिक्रीमा छन्। केही प्रधानन्यायाधीशसमेत यसमा संलग्न भएको विगतले देखायो,’ उनले भने, ‘यस्ता पात्र जुनसुकै बेलामा पनि बिक्री भएका छन्।’

उनले वकिलका लागि यो पहिलोपटक नभएको पनि बताए। ‘वकिल पटक–पटक किनिएको र मापदण्ड मिचेर न्यायाधीशलाई सम्बोधन पनि नगरी आदेश लेख्नेदेखि पैसा कसरी माग्ने भन्नेसमम सिकाएको देखियो,’ उनले भने, ‘समग्र न्यायलय यस्तो हैन। भ्रष्ट न्यायाधीशको संरक्षण प्रधानन्यायाधीशले गर्दा यस्तो समस्या आएको हो।’

उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको नामसमेत अडियोमा आएको कुराले पनि धेरै संकेत गरेको बताए। 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्