काठमाडौं– मन्त्रीमण्डल हेरफेर गर्ने विषयमा सत्तारुढ गठबन्धन दलका तीन शीर्ष नेताको बैठक जारी रहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताको बैठक बसिरहेको छ।
यसअघि दिउँसो तीन बजेदेखि गठबन्धन दलको बैठक बसेको थियो। नेकपा एकीकृत समाजवादीले राखेको मन्त्रीमण्डल हेरफेरको मागका विषयमा छलफल गर्न अहिले तीन शीर्ष नेताको बैठक बसिरहेको बताइएको छ।
बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन्।
१७ दिनअघि नै समाजवादीले आफ्ना पुराना मन्त्री फिर्ता बोलाउँदै नयाँ मन्त्री सिफारिस गरेको थियो। तर, बजेट पारित गर्ने समय भएको भन्दै प्रधानमन्त्री देउवाले उक्त सिफारिस कार्यान्वयन गरेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।