काठमाडौं– सत्ता गठबन्धनको बैठकमा शान्ति प्रक्रियालाई चाँडै नै एउटा निष्कर्षमा पुर्याउनका लागि छलफल भएको छ।
बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म भएका प्रगति र के परिस्थिति छ? त्यसको प्रतिवेदन समीक्षाका साथ प्रस्तुत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
बैठकमा नागरिकता विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको छ। साथै, महंगी नियन्त्रणका विषयमा पनि छलफल भएको मन्त्री कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।