• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत २५, २०८२ Wed, Apr 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी

स्वतन्त्र उम्मेदवार सांसद बन्दैमा फरक पर्छ?

64x64
नेपाल लाइभ बुधबार, असार ८, २०७९  १९:००
1140x725

काठमाडौं- प्रतिनिधि सभाको पछिल्लो कार्यकालमा निरन्तर सक्रिय भूमिका खेल्ने एक जना सांसद हुन्, प्रेम सुवाल। उनले नेपाल मजदुर किसान पार्टीबाट प्रत्यक्ष निर्वाचन जितेका थिए। नेमकिपाले समानुपातिकमा तीन प्रतिशत 'थ्रेस होल्ड' कटाउन नसक्दा सो पार्टीबाट संसद्‌मा सुवाल एक्लैले प्रतिनिधित्व गरिरहेका छन्।

प्रतिनिधि सभामा सुवाल नियमित उपस्थित हुन्छन्। सार्वजनिक चर्चाका विषयदेखि सरकारले प्रस्तुत गर्ने अनेक विधेयकमाथि सदनमा धारणा राख्छन्। उनले सांसदका रुपमा अपेक्षित भूमिका खेलेका भए पनि प्रतिनिधि सभामा प्रस्तुत हुने कुनै पनि प्रकारका प्रस्तावलाई हेरफेर गराउन सकेको पाइँदैन। सरकारमा सहभागी हुने शक्तिशाली पार्टीहरुले सुवालको सवाललाई नसुनेझैँ गरिदिन्छन्। परिणामतः उनले राखेका अडानहरु अनुमोदन हुँदैनन्। 

सुवाल उदाहरण हुन्, संसद्‌मा हस्तक्षपकारी भूमिका खेल्नका लागि सक्रियताले मात्रै भूमिका खेल्दैन भन्ने बुझ्न। कानुन बनाउने मुख्य जिम्मेवारी बोकेको संसद्‌मा निर्णायक संख्या नहुँदा सांसदहरुले संसद्‌मा सक्रियता त देखाउन सक्छन्, तर सत्तासीन वा प्रमुख प्रतिपक्षी दलको रुचिभन्दा बाहिरको नजिता निकाल्न भने सक्दैनन्।

प्रतिनिधि सभामा आफ्नो दलबाट एकल प्रतिनिधित्व गरिरहेका सुवालको सक्रियता निकालिरहेको छैन। स्वतन्त्र हैसियतमै जितेका छक्कबहादुर लामाले महत्त्वपूर्ण मुद्दामा बोलेको पनि सुनिँदैन। माओवादी उभिएकै ठाउँमा उभिनुबाहेक थप उनको परिचय स्थापित हुन सकेको छैन।

पछिल्ला दिनमा प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम बढेर गएको छ। तर, उम्मेदवार घोषणा गर्नेहरुले जितेर सदनमा पुगे भने तात्विक फरक पार्न सक्लान् त भन्ने प्रश्न पनि उठ्न थालेको छ। स्वतन्त्र बन्न चाहनेहरुको लहरको कारण र सुवालको अवस्थाले आगामी दिनको प्रष्ट संकेत गर्छ।

nimb
nimb
Ncell 2
Ncell 2

प्रतिनिधि सभा निर्वाचनका लागि अहिले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेहरु मूलभूतः रुपमा स्थानीय तहको निर्वाचन अन्तर्गत केही महत्त्वपूर्ण स्थानमा स्वतन्त्र उम्मेदवारहरुले जित निकालेपछि उत्साहित भएको बुझ्न सकिन्छ। कतिसम्म भने 'राष्ट्रिय स्वतन्त्र दल' गठन गरेका रवि लामिछानेलेसमेत अहिले स्वतन्त्रको माहोल रहेको बताएका छन्।

'अहिले स्वतन्त्रको माहोल भएकाले त्यसलाई पनि समेट्न सकिन्छ कि भनेर पार्टीको नाम स्वतन्त्र राखेको हो', मंगलबार पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका लामिछानेले पत्रकाहरुसँग भनेका थिए, 'यो प्लेटफर्मका माध्यमबाट उहाँहरुले अहिले यसको नेतृत्व मैले गरेता पनि मेरै विरुद्धमा उठेर उहाँहरु पनि नेतृत्वमा पुग्नसक्ने किसिमको पार्टीको संरचना भएको हुनाले मैले ती साथीहरुलाई समेट्न सक्छु भन्ने विश्वास लिएर अहिलेको स्वतन्त्रको माहोललाई पनि, नढाँटीभन्दा त्यसलाई पनि कहीँ न कहीँ सम्बोधन हुन सक्ला भनेर सबैका लागि सजिलो बनाउनका निमित्त यो नाम 'पिक' गरेका हौँ।'

स्थानीय तहको निर्वाचन र स्वतन्त्र उम्मेदवारहरुको अन्तरसम्बन्धलाई २०७४ को निर्वाचनको सन्दर्भमा पनि हेर्न सकिन्छ। २०७४ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारीको यस किसिमको लहर थिएन। बरु त्यतिबेला स्थानीय तहको निर्वाचनमा स्वतन्त्र हैसियतबाट उम्मेदवारी दिएका दुई दलहरु विवेकशील नेपाली दल र साझा पार्टीले पार्टी नै एकीकरण गरेर दलीय हैसियतमा निर्वाचनमा भाग लिएका थिए। यसबीचमा ती दल फुट र जुटबाट अघि बढे। तर, त्यससँग आबद्ध कतिपय व्यक्ति भने स्वतन्त्र उम्मेदवारी घोषणा गर्न थालेका छन्।

जसरी सांसदमा स्वतन्त्र उत्साहित भइरहेका छन्, उनीहरुको लहरमा मिसिने रहरले अघि बढेका देखिन्छन्। उनीहरुको संविधानलाई बुझ्ने, जनअपेक्षालाई पर्गेल्ने र राजनीतिक मुद्दा स्थापित गर्ने प्रतिबद्धता र निरन्तर सक्रियतामा निकै समस्या देखिन्छ। बरु लोकरिझ्याइँबाट ग्रसित देखिन्छन्। दलको घोषणापत्र, विधान, कार्यक्रम र संगठन जस्ता संरचना हुने भएकाले परिचय र जवाफदेहिताको व्यापक आयाम हुन्छन्। जबकि, स्वतन्त्र भनिएकासँग त्यस्तो सम्भव हुँदैन। सीमित पाटाहरु मात्रै सार्वजनिक हुन्छन्। ती पनि कतिपय अवस्थामा भ्रम मात्रै हुन्छन्।

अहिलेका मुख्य पार्टी र नेताहरुप्रतिको आक्रोशलाई नै आफ्नो उपस्थितिको औचित्य स्थापित गर्न स्वतन्त्र उम्मेदवारले जोड दिएको पाइन्छ। यो सवाल अहिलेका स्वतन्त्र उम्मेदवारका विषयमा मात्रै होइन, केही अघिसम्मका वैकल्पिक शक्ति भनिनेहरुमा पनि उठेको थियो।

आफ्नै दल भएका, दलमार्फत राजनीतिक मुद्दामा प्रष्ट बुझाइ भएका, आफ्नै प्रष्ट अजेन्डा भएका र लामो संसदीय अभ्यास भएका सुवाल त ठूला दलका स्वार्थ चिर्न असम्भव देख्छन्। राजनीतिक बुझाइमै शंका गरिएका र निरन्तर सक्रियताको सुनिश्चिता नभएका स्वतन्त्र व्यक्ति संसद्‌मा पुग्दैमा ठूलै हलचल आउने सम्भावना भने एकदमै न्यून छ।
 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ?
४२ अङ्कले बढ्यो सेयर बजार
सम्बन्धित सामग्री
प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्थगित गरेका हुन् । यस दिन उपसभामुखको निर्वाचन हुनेछ... बुधबार, चैत २५, २०८२
कूटनीतिक मर्यादा र आचारसंहिताबारे मन्त्रीहरूलाई परराष्ट्रको प्रशिक्षण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित उक्त प्रस्तुतीकरणमा सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहाद... बुधबार, चैत २५, २०८२
सांसदले सोधे- रासायनिक मलका लागि पूर्वतयारी के छ सरकार ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद देवराज पाठकले किसानलाई खेतीको समयमा रासायनिक मल अभाव नदोहोरिने सुनिश्चितता गर्न माग गर... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित बुधबार, चैत २५, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
४२ अङ्कले बढ्यो सेयर बजार बुधबार, चैत २५, २०८२
कूटनीतिक मर्यादा र आचारसंहिताबारे मन्त्रीहरूलाई परराष्ट्रको प्रशिक्षण बुधबार, चैत २५, २०८२
सांसदले सोधे- रासायनिक मलका लागि पूर्वतयारी के छ सरकार ? बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्