काठमाडौं– नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल हेरफेरका विषयमा आफूले गरेको निर्णय कार्यान्वयनको विषय सत्ता गठबन्धनको बैठकमा उठाउने निर्णय गरेको छ।
बुधबार बसेको बैठकले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग बुझ्ने तथा गठबन्धनमा उठाउने निर्णय गरिएको एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताए।
उनले भने, ‘हामीले मन्त्रीमण्डलमा रहेको हाम्रो टिम बदल्ने निर्णय गरेका छौं। सरकारले त्यो निरणय किकन कार्यान्वयन गर्न सकेन। तुरुन्तै कार्यान्वयन गर्नुपर्ने निर्णय गरेका छौं।’
सत्ता गठबन्धनको बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष माधव नेपालले उक्त विषय उठाउने जानकारी दिए।
एकीकृत समाजवादीले १७ दिनअघि मन्त्रीमण्डल हेरफेरको निर्णय गरेको थियो। बजेटमाथि छलफल भइरहेको बताउँदै प्रधानमन्त्री देउवाले निर्णय कार्यान्वयन गर्न इन्कार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।