काठमाडौं- न्यायपरिषद्को बैठक सुरु भएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसोका लागि न्यायपरिषद्को बैठक बोलाएका थिए।
काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाको एक विवादास्पद अडियो सार्वजनिक भएपछि बैठक बोलाइएको हो।
न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको थियो। मंगलबार न्यूज २४ टेलिभिजनले अडियो सार्वजनिक गरेको हो।
गम्भीर विषयको अडियो बाहिर आएपछि यसबारे बुझ्नका लागि बैठक बसिरहेको हो।
सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउन प्रस्ताव गरिएको छ र त्यसबापत २ करोड आफूहरुले पाउने अडियो सुन्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।