काठमाडौं– सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको बैठक बुधबार बस्दैछ।
दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्री हेरफेरका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परिवारले जानकारी दिए।
बैठकमा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरू सहभागी हुनेछन्। तर, राष्ट्रिय जनमोर्चालाई भने बैठकमा नबोलाइएको बताइएको छ।
बैठकमा नेकपा एककीृत समाजवादी पार्टीले गरेको मन्त्री फिर्ता बोलाउने निर्णयबारे छलफल हुनेछ। बजेट पारित भएपछि मन्त्री हेरफेर गर्ने सहमति जुटेको थियो।
समाजवादीले जेठ २२ गते नै आफ्ना सबै मन्त्री फिर्ता बोलाउने निर्णय गर्दै नयाँ मन्त्री सिफारिसमेत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।