डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिका–११ मा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।
पातल खोला तर्ने क्रममा परशुराम–११ स्थित पशुपतिनाथ प्राथमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत पाँच वर्षीय नीराजन बोहराको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए ।
उनी विद्यालयबाट घर फर्किंदै थिए। खोला तर्ने क्रममा सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत गोपाल साउद तथा कक्षा ८ मै अध्ययनरत रेसम साउद घाइते भएका छन्।
बोहरालाई पिठ्यूमा राखी खोला तार्ने क्रममा गोपाल घाइते भएको प्रधानाध्यापक जोशीले जानकारी दिए। घाइते दुवैको स्थानीयवासीले उद्धार गरेका थिए। डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिका–११ मा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ।
अन्य दुई जना घाइते भएका छन्। पातल खोला तर्ने क्रममा परशुराम–११ स्थित पशुपतिनाथ प्राथमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत पाँच वर्षीय नीराजन बोहराको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए। उनी विद्यालयबाट घर फर्किंदै थिए।
खोला तर्ने क्रममा सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत गोपाल साउद तथा कक्षा ८ मै अध्ययनरत रेसम साउद घाइते भएका छन्। बोहरालाई पिठ्यूमा राखी खोला तार्ने क्रममा गोपाल घाइते भएको प्रधानाध्यापक जोशीले जानकारी दिए। घाइते दुवैको स्थानीयवासीले उद्धार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।