• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एसपीपी सम्झौता प्रक्रिया अघि बढाउन को–को संलग्न छन्, प्रधानमन्त्रीले सदनमा जानकारी गराउनुपर्‍यो : रावल 

64x64
नेपाल लाइभ मंगलबार, असार ७, २०७९  १६:२६
1140x725

काठमाडौं– नेकपा एमालेका सांसद तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बाउने कार्यक्रमा संलग्नहरूको नाम सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता रावलले एसपीपी अघि बढाउने कार्यमा संलग्नहरूको नाम संसद्मा जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माग गरेका हुन्। सत्तापक्षका सांसदले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पनि उक्त प्रकरणमा मुछेको उल्लेख गर्दै नेता रावलले तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीलाई अमेरिकी राजदूतलाई पत्र पठाउन निर्देशन दिने व्यक्तिबारे जानकारी गराउन माग गरेका छन्। 

प्रधान सेनापति क्षेत्रीलाई पत्र पठाउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला र प्रक्रिया अघि बढाउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रघात गरेका हुन्? भन्दै प्रश्नसमेत गरेका छन्। उनले यसबारे संसदमा जानकारी गराउन प्रधानमन्त्रीसँग माग गरेका छन्। 

उनले उक्त प्रोग्रामबारे संसद् र संसदीय समितिलाई यथार्थ जनाकारी नदिएर प्रधानमन्त्री देउवाले संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन गरेको आरोप पनि लगाएका छन्। मन्त्रिपरिषद् बैठकबाट सो प्रोग्राम अघि नबढाउने निर्णय गरेकोमा भने नेता रावलले सरकारलाई धन्यवाद दिएका छन्। 

उनले एमालेको दबाबपछि मात्रै सरकार यो प्रोग्राम अघि नबढाउन बाध्य भएको दाबी गरे। 

नेता रावलले संसद्मा एसपीपीबारे राखेको धारणा:

अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा नेपालको संलग्नताले नेपालको सार्वभौमसत्ता, नेपालको आत्मनिर्णयको अधिकारमाथि आघात पुग्छ। र, नेपाल कुनै पनि नेपालको संविधानको धारा ५१ ड बमोजिम सामरिक किसिमको गठबन्धनमा जान सक्दैन भन्ने आवाज जोडदार रुपमा उठ्यो। यही प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेको तर्फबाट तत्कालीन रक्षा र उपप्रधानमन्त्री, परराष्ट्रमन्त्रीलेसमेत त्यो बेलाका घटनाक्रमहरूको उल्लेख गर्दै यसको खारेजीको माग गर्नु भएको थियो। 

मैले स्वयम् विभिन्न ठाउँहरूमा यसको बारेमा चर्चा गरेको थिएँ। र, अहिले नेपाल सरकारको तर्फबाट धेरै ठूलो दबाबपछि जबकि सुन्नमा के आएको थियो भने प्रधानमन्त्रीजी स्वयम् यसलाई अगाडि बढाउनका लागि अगाडि बढिरहनु भएको छ वा त्यसमा सकारात्मक हुनुहुन्छ भन्ने कुरा सार्वजनिक किसिमले व्यापक रुपमा उठेको थियो। र, त्यही प्रसंगमा एउटा अत्यन्त सनसनीपूर्ण किसिमको १० बुँदे कथित समझदारी पत्रको मस्यौंदा पनि बाहिर आएको थियो।

nimb
nimb

अहिले नेपाल सरकारले त्यसलाई मन्त्रिपरिषद्बाट त्यस्ता कार्यक्रममा सहभागी नहुने भन्ने शब्द प्रयोग गरेर यसलाई अघि नबढाउने भन्ने कुरा सुन्नमा आयो। हामीहरूले उठाएको आवाजलाई आंशिक रुपमा सुनेर भए पनि यस कार्यक्रममा सहभागी नहुने भन्ने कुरामा सरकारले गरेकोमा त धन्यवाद नै दिनुपर्छ। र, यसमा कतिपय सत्तापक्षकै माननीयजीहरूको पनि योगदान रहेको छ। म त्यो कुरा पनि स्मरण अवश्य गर्छु। तर सँगै त्यसको कार्यक्रममा सहभागी नहुने भनेको के? जब अमेरिकी राजदुतावासबाट नेपालले विगतमा दुई÷दुई पटक निवेदन दिएर सदस्यता लिएको हुनाले त्यो सदस्यता रद्ध गर्नका लागि नेपाल सरकारले भन्नुपर्छ भनेको हुनाले नेपाल सरकारले मन्त्रिपरिषद्बाट त्यो सदस्यता अब हामी रद्ध गर्छौं भन्न खोजेको हो कि, त्यस कार्यक्रममा सहभागी नहुने मात्रै भन्न खोजेको हो?

यो कुरा प्रधानमन्त्रीजीले यहाँ आएर स्पष्ट गर्नुपर्छ। यसभन्दा अगाडि यही विषयबाट उम्कनका लागि प्रधानमन्त्रीजी सेमिनारमा जानु भयो। तर, यहाँ जवाफ दिन आउनु भएन आफ्नै मन्त्रालयमा उठेका छलफलको विषयमा। त्यस्तै गरेर अन्तराष्ट्रिय सम्बन्ध समितिमा अन्तिम क्षणमा उहाँ आउनु भएन। र, उहाँलाई म सोध्न चाहन्छु–हाम्रो प्रतिनिधिसभाको बैठकभन्दा त्यो सेमिनार र अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठक भन्दा बालुवाटारमा बसेको पाँच दलका नेताहरूको बैठक भनेको जुन छ, त्यो नेपालको संविधानमा त्यो भन्दा माथि हो? तर अहिले नेपाल सरकारले यसको सदस्य नहुने गरी पत्र पठाउने निर्णय गरेको हो कि, होईन? अझै त्यसमा संशय छ।

अब प्रधानमन्त्रीजी यो कुराको जवाफ नदिई सेमिनारलाई प्रतिनिधिसभा भन्दा माथि राख्नु हुनेछैन भन्ने अपेक्षा गरौं। र,, यो विषयमा अनेक चर्चाहरू आएको छ। हामीले भनेको छौं स्पष्ट शब्दमा– यो राष्ट्रघात कसले गरेको हो? यो तत्कालीन प्रधानमन्त्रीलाई निर्देशन दिने अब अहिले उहाँ हाम्रो बीचमा हुनुहुन्न तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाजीले गरेको भनेको हो कि? वा यो तत्कालीन प्रधानसेनापतिलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला २०७४ साल बैशाख र काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनु भएको बेला २०७४ माघमा पनि यो एसपीपीमा सहभागिताका लागि अमेरिकालाई पत्राचार गरेकोमा सत्तापक्षमा माननीय ज्यूहरूले उहाँहरूले राष्ट्रघात गरेको भनेको हो कि? यो कुरा स्पष्ट हुनुपर्‍यो यहाँ?

यदि यसमा छानबिनको कुरा गर्ने हो भने व्यापक रुपमा सञ्चार माध्यामले के लेखेको छ भने–यो तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाजीले तत्कालीन प्रधानसेनापतिलाई निर्देशन दिनु भएको। र संयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजी प्रधानमन्त्री हुनु भएको बेला उहाँलाई नसोधेर त्यो पत्र गएको भन्ने कुरा व्यापक रुपमा बाहिर आएको छ। स्वयम् नेकपा एमालेका अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीले नै भन्नु भएको छ। म यहीँबाट प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु–यदि त्यसमा उहाँलाई शंका छ भने नेकपा एमालेले त माग गरिसक्यो नि छानवीन गरौैं भनेर। बरु परराष्ट्रमा चाख राख्ने व्यक्तिहरू त्यहाँबाट हेरेर घोषणा गरिदिउँ न यो छानवीन कमिटी। के सत्तापक्ष तयार छ? म प्रश्न गर्न चाहन्छु। र, त्यो सँगसँगै प्रधानमन्त्रीले यो विषयमा जुन अनेक किसिमको छलफल गर्नु भयो भन्ने कुरा बाहिर आएको छ।

त्यो विषय पनि छलफलमा उठ्ला नि त? छानबिन गर्न पर्ला नि। तर, जेहोस अन्तराष्ट्रिय सम्बन्ध समितिले पनि निर्देशन दियो। र, व्यापक रुपमा कुरा उठ्यो। त्यसपछि नेपाल सरकारले अहिले जुन निर्णय गरेको छ। त्यसमा एउटा गजवको कुरा गरेको छ। के भनेको छ भने– अब उप्रान्त नेपालको परराष्ट्र नीतिलाई हामीले सर्वदलीय छलफलबाट अघि जानुपर्छ। म यहीँनेर एउटा प्रश्न गर्न चाहन्छु–नेपालको संविधानको धारा ५१ को ड मा नेपालको परराष्ट्रनीति संयुक्त राष्ट्रसंघको वडा पत्र, पञ्चशीलताको सिद्धान्त, असंलग्नताको सिद्धान्तमा आधारित भएर नेपालको सर्वोपरी हितलाई ध्यानमा राखेर स्वतन्त्रमा रुपमा संचालन हुनेछ। असमान सन्धी, सम्झौंताहरूको पुनरावलोकन हुनेछ।

अनि यो कुरा खुरुखुरु अघि बढाउँदा त्यसको सम्झना भएन? आज मात्रै परराष्ट्र नीतिमा छलफल भयो। यस सम्बन्धमा सर्वदलीय बैठक बोलाउने भन्ने कुरा पनि सुन्नमा आयो। एसपीपी अघि बढाउने काममा को संलग्न भयो, त्यसको जवाफ सबै डकुमेन्टसहित प्रधानमन्त्रीले संसद्मा दिनुपर्छ।

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १६:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लमजुङको चेपे खोलामा सतर्कता तह पार
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न पाँच दिनको समय
देशभर बाढीपहिरोको असर : ८ सडकखण्ड पूर्ण अवरुद्ध
सम्बन्धित सामग्री
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न पाँच दिनको समय नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटक पाँच दिनको समय दिएको छ। सोमबार, भदौ १५, २०८३
अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : नेपाल नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश अहिले संकटमा रहेको बताएका छन्। यस संकटको समयमा सरक... सोमबार, भदौ १५, २०८३
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय यी केन्द्रबाट आइतबार मात्रै ३, ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्रीको सचिलायले जनाएको छ । सचिवालयका अनुसार न... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
लमजुङको चेपे खोलामा सतर्कता तह पार सोमबार, भदौ १५, २०८३
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न पाँच दिनको समय सोमबार, भदौ १५, २०८३
देशभर बाढीपहिरोको असर : ८ सडकखण्ड पूर्ण अवरुद्ध सोमबार, भदौ १५, २०८३
अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : नेपाल सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्