• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

परराष्ट्र मामिलामा कमजोरी हुँदा राष्ट्रिय सुरक्षामा चुनौती

64x64
ईश्वर बराल मंगलबार, असार ७, २०७९  २०:२४
1140x725

काठमाडौं– नेपालको परराष्ट्र नीतिमा स्पष्ट र साझा धारणा नरहँदा राष्ट्रिय सुरक्षामा जहिल्यै चुनौती रहने गरेको विज्ञहरू बताउँछन्। पछिल्लो समयमा अमेरिकाको 'स्टेट पार्टनरसिप प्रोग्राम' (एसपीपी) सम्झौताका लागि तयार पारिएको भनिएको मस्यौदा सार्वजनिक भएसँगै परराष्ट्र मामिला र राष्ट्रिय सुरक्षाको विषय आमरुपमा चर्चामा छ। यद्यपि, सरकारले सोमबार साँझ एसपीपी अस्वीकार गर्ने निर्णय गरिसकेको छ।

विकासे परियोजनादेखि सैन्य सहयोगको रुपमा आउने विदेशी कार्यक्रमहरु नेपालमा प्राय: विवादित हुने गरेको छ। यसलाई बुझ्न अमेरिकाकै एमसीसीदेखि एसपीपीसम्मका परियोजनाले ल्याएको तरंगलाई हेरे पुग्छ। 

सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका जानकार रुपक सापकोटा राष्ट्रिय सुरक्षा र सामारिक विषयमा प्रभाव पार्ने गरी सहयोग लिन नहुने बताउँछन्। ‘नेपालले कहिल्यै पनि सुरक्षा र सामारिक महत्वमा समस्या पार्ने आर्थिक सहयोग लिन हुन्न। हामीले शक्ति तथा अन्य राष्ट्रसँग गर्ने विकास र आर्थिक साझेदारी मात्र हो,’ नेपाल लाइभसँग उनले भने, ‘बरु आर्थिक कूटनीतिलाई अझै सशक्त बनाउनुपर्छ।’

सहयोगको अन्तर्यमा केही न केही रणनीति हुन सक्छ, तर सधैं त्यस्ता सहयोग लिन्न भनेर बस्न चाहिं नसकिने सापकोटा बताउँछन्। उनको जोड त्यस्ता सहयोगलाई आफ्नो लाभमा लिन सक्नु पर्नेमा छ। उनी भन्छन्, ‘हामी केही लिँदैनौ भनेर ढोका बन्द गरेर बस्न हुँदैन र सक्दैनौं पनि। मुख्यकुरा हामीले यस्ता विषयबाट लाभ लिनुपर्छ भनेर प्रष्ट हुनुपर्छ। यद्यपि, त्यस्ता शक्ति राष्ट्रहरुका आ–आफ्नै दाउ र रणनीति हुन्छन्। हामीले त्यसलाई चिनेर आर्थिक विकासमा सहयोग हुने परियोजनाहरुमा हात बढाउनुपर्छ।’

वर्तमान विश्व परिस्थितिले गर्दा अन्य राष्ट्रहरूसँग सहकार्यलाई झन् विस्तार गर्ने अवस्था रहेकोमा उच्च कुटनीतिक दक्षता देखाएर अघि बढे राष्ट्रिय सुरक्षामा चुनौती कम रहने तर्क सापकोटाको छ। ‘विकास र आर्थिक समृद्धि, शान्ति प्रक्रिया, जलवायु परिर्वतन र  खाद्य संकटका कुरामा हामीले शक्ति राष्ट्रसँग सहकार्य गर्न जरुरी छ। कोरोना महामारीले ल्याएको संकटमा पनि नेपालले खुला र स्पष्टसँग जुनकुनै मुलुकसँग सहकार्य गर्नुपर्छ,’ उनी भन्छन्, ‘तर, जटिल भूराजनीतिक अवस्थालाई ख्याल गर्दै राष्ट्रिय सुरक्षामा चुनौती नहुनेगरी साझेदारी गर्नुपर्छ। हामीलाई अन्तर्राष्ट्रिय पुँजीको आवश्यकता छ। त्यसका लागि उच्च कूटनीतिक दक्षताको आवश्यकता पर्छ।’

परराष्ट्र मामिलाका ज्ञाता डा. निश्चलनाथ पाण्डे पनि परराष्ट्र मामिलामा चनाखो नभए राष्ट्रिय सुरक्षा जहिले संकटमा रहने बताउँछन्। ‘परराष्ट्र मामिला सञ्चालनमा हामी चनाखो हुनुपर्छ। हामीले ध्यान दिनु पर्ने नै विदेश नीतिको सही कार्यान्वयन हो।’ नेपाल लाइभसँगको संवादमा पाण्डे  भन्छन्, ‘अन्यथा हाम्रो राष्ट्रिय सुरक्षा, हाम्रो सार्वभौमिकता र अखण्डताको जगेर्नाका लागि झन् मुस्किल हुन सक्छ।’

नेपाली भूमी कुनै पनि राष्ट्रको विरुद्ध प्रयोग हुन नदिनु नै सुरक्षित र अहिलेसम्म अपानाएको विदेश नीतिको पक्षमा रहने पाण्डे बताउँछन्। ‘हाम्रो भूमि कुनै पनि हाम्रो छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन दिनु हुँदैन। यो त हाम्रो असंग्लन परराष्ट्र नीति मात्र हैन, यो त पुरानो दुई ढुंगाबीचको तरुलको नीति हुँदादेखि नै हामीले अवलम्बन गर्दै आएको परराष्ट्र मामिला हो। यसले मात्र हाम्रो राष्ट्रको सुरक्षा सहयोग पुर्‍याउँछ,’ उनी भन्छन्।

सापकोटा र पाण्डेले पछिल्लो समय सार्वजनिक भएको एसपीपीलाई उदाहरण दिँदै नेपालको राष्ट्रिय सुरक्षाको विषयमा अमेरिकाको बढ्दै गएको उपस्थितिले चुनौती बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्। त्यस्तै उननीहरू सरकार परिवर्तनसँगै विदेश नीतिमा हुने परिवर्तनले नेपाल अस्थिर बनेको बताउँछन्। उनीहरुको जोड राष्ट्रिय सुरक्षाको विषयमा चीन र भारतको सुरक्षा सम्बन्धी चासोलाई प्राथमिकताका साथ सम्बोधन गर्नु रहेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

अमेरिकाको पछिल्लो समयको उपस्थिति राजनीतिक मुद्दामा केन्द्रित रहेको बताउँछन् सापकोटा। त्यस्तै उनी नेपालले चीनको पक्षमा राखेको नीतिविरुद्ध अमेरिकाको चासोले नेपालको राष्ट्रिय सुरक्षामा समस्या दिखिन सक्ने बताउँछन्। 

‘पछिल्लो समय अमेरिकाको तर्फबाट भएका हरेक भ्रमणमा संलग्नहरुले नेपालमा रहेका तिब्बती शरणार्थीहरुलाई कुनै न कुनै रुपमा भेटेको पाइएको छ। यसले उनीहरुको राजनीतिक चासो पनि बढेको देखिएको छ। तिब्वती समुदायलाई परिचयपत्र दिनुपर्नेदेखि अन्य विषयमा प्रवेश र नेपाललाई महत्व पनि दिएको देखिन्छ’ उनी भन्छन्, ‘केही समयअघि नेपाल भ्रमणमा आएका अमेरिकी सेनाका उच्च व्यक्तिले जसरी नेपाल ल्यांडलक हैन ल्याडपावर देश भनेर गए। यसले पनि अमेरिकाको प्राथमिकता र चासो देखिन्छ। विभिन्न शान्ति मिसनहरुमा नेपाली सेनाले देखाएको कौशलका कारण पनि अमेरिकाले नेपालको सेनासँग सैन्य अभ्यास गर्ने चासो राखेको देखिन्छ। यसलाई हामीले चासोपूर्वक हेर्नुपर्छ, साथै ख्याल गर्नुपर्ने कुरा हाम्रो छिमेक नीति हो। नत्र, यो विषय बढ्दै गए हाम्रो राष्ट्रिय सुरक्षामा चुनौती बढ्छ।’

पाण्डे पनि नेपालको राष्ट्रिय हितको लागि छिमेकलाई जोड र प्रथमिकता दिनुपर्ने बताउँछन्। साना मुलुकमाथि वर्तमान विश्व परिस्थिति र तिनको राष्ट्रिय सुरक्षा झन् पेचिलो बन्दै गएकोले नेपालले पहिले चीन र भारतको सुरक्षा चासोमा संवेदनशील हुनुपर्ने पाण्डे बताउँछन्।

‘भारत र चीनको सुरक्षा संवेदनशीलतालाई हामीले गम्भीर रुपमा हेर्नुपर्छ। उनीहरुसँग सम्बन्धीत विषयमा हामी संवेदनशील भएनौं र तेस्रो मुलुकसँग बढी नजिकियौं भने हामीले दुष्परिणाम भोग्नु पर्ने हुनसक्छ’, पाण्डे भन्छन्, ‘जस्तो अहिलेको युक्रेन युद्धले पढाएकोे शिक्षा नै त्यही हो। जस्तो, साना मुलुकका लागि अहिलेको विश्व व्यवस्था निर्दयी सावित भएको छ। उचाल्ने सबै हुन्छन्, तर भरथेग गर्ने कोही पनि फेला पर्दैनन्।’

नेपालले चीन र भारतसँग सम्बन्ध थप मजबुत बनाएर तिनको सुरक्षा सम्बन्धी चासोमा संवेदनशील बन्दा नै नेपालको सुरक्षाको संर्वद्धन हुने पाण्डेको भनाइ छ। नेपालको परराष्ट्र नीतिमा एकरुपता नरहनुले राष्ट्रिय सुरक्षाको विषय सधै संकटग्रस्त हुने गरेको उनी बताउँछन्पा।

पाण्डेको तर्कमा सापकोटा पनि सहमत छन्। उनीहरुको जोड नेपालले अहिलेसम्म अपनाएको विदेश नीति तथा छिमेकसँगको सम्बन्धलाई तटस्थरुपमा राखे राष्ट्रिय सुरक्षाको विषयमा धेरै  चिन्ता गरिरहनु नपर्ने रहेको छ। यद्यपि, विदेश नीति र राष्ट्रिय सुरक्षाको विषयलाई अलग राखेर हेर्न नहुने उनीहरु बताउँछन्।

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  २०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था भए पनि हालसम्म ११ जनाले मात्रै नाम टिपाएका हुन्। सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त पार्टीको पटक–पटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लंघन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत बागमती प्रदेश... सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने देउवा र खड्काको तर्फबाट सोमबार छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्चमा पेस गरिएको थियो। दुवै निवेदनलाई यसअघि नै अदालतमा दर्ता भएको कांग्... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
चेल्सीको विजयी सुरुआत मंगलबार, भदौ ९, २०८३
हिमाल र पहाडका केही स्थानमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी मंगलबार, भदौ ९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, भदौ ९, २०८३
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्