काठमाडौं- सञ्चारक्षेत्रबाट खुला राजनीतिमा आएका पूर्व सञ्चारकर्मी रवि लामिछानेले नयाँ दल घोषणा गरेसँगै स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान थालेका हरिशरण लामिछानेले टिप्पणी गरेका छन्।
हरिशरण र रवि दाजुभाइ हुन्।
सोमबार रविले नयाँ पार्टी घोषणा गरेकोमा बधाई दिँदै दाजु हरिशरणले पार्टीको नीति अनुसार, परिवारवाद निषेध गरिनु राम्रो प्रयास भएको भन्दै व्यंगात्मक टिप्पणी गरेका छन्। उनले भनेका छन्, 'कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसँग भिडाइ नाता "अप्रमाणित" भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नु होला। पछि आपसी माया प्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है।'
उनले लामिछाने बन्धुहरुलाई सरसल्लाह गर्नसमेत सुझाव दिएका छन्।
रविले दर्ता गरेको पार्टीका कुनै पनि गतिविधीमा आफू परिवारको नातेदारको नाताले नैतिक रुपले संलग्न हुने कुरै नभएको हरिशरणले बताएका छन्। 'राजनीतिक रुपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु। स्वतन्त्र र दलगत राजनीतिका लागि मसँग अपार अवसर र सम्भावना छन्। बाँकी कुरामा कमेन्ट गर्ने मेरो हैसियत छैन।'
उनले स्वतन्त्र हुनका लागि स्वतन्त्र पार्टी किन चाहियो भन्दै प्रश्न गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।