काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद् रामेश्वर राय यादवले नागरिकता भन्नेबित्तिकै मधेशको समस्या भन्ने बुझाइबाट माथि उठ्न आग्रह गरेका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नागरिकता राष्ट्रिय समस्या हो भनेर सर्वसम्मतिले समाधान खोज्नुपर्ने बताए।
‘नेपालको सर्वाधिक संवेदनशील राष्ट्रिय विषय वा विषयको रुपमा जरो गाडेको अविलम्ब सदनमा प्रस्तुत गरी सदासर्वदाका लागि समस्या समाधान गरियोस्’, उनले भने।
माओवादीकै सांसद रेखा शर्माले पनि नागरिकता ऐन पारित गर्न आग्रह गरिन्। ‘नागरिकता ऐन लामो समयदेखि संसद्बाट पारित भएको छैन। नागरिकता ऐन पारित नहुँदा नागरिकहरु कष्टकर अवस्थामा छन्’, उनले भनिन्।
शर्माले तत्काल नागरिकता ऐनलाई सहमति कायम गरेर सदनबाट अगाडि बढाएर जनताको जीवनलाई सहज बनाउन आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।