काठमाडौं– सञ्चार क्षेत्र छाडेर राजनीतिमा प्रवेशको घोषणा गरेका रवि लामिछानेले आफ्नो पार्टीको चुनाव चिह्न पनि प्रस्ताव गरेका छन्।
मंगलबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा राजनीतिक यात्राबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्।
लामिछानेले पार्टीको चुनाव चिह्न घण्टी रहने पनि कार्यक्रममा जानकारी दिएका छन्। आफूले प्रस्ताव गरेको चुनाव चिह्नलाई सुशासनको घण्टीको उपमा दिँदै लामिछानेले यसले भ्रष्टाचारीहरुको मनमा घण्टी बजाउने जिकिरसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।