काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन आयोगले काठमाडौंभित्र र बाहिरका मतदाताको नामावली छुट्टाछुट्टै गर्न ध्यानाकर्षण गराएका छन्।
मतदाता नामावली संकलन केन्द्रमा भीड भएका कारण हैरानी बेहोर्नुपरेको बताउँदै उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर ध्यानाकर्षण गराएका हुन्।
उनीहरुको ध्यानाकर्षणपछि आयोगले केही दिनमा उक्त व्यवस्था गर्ने बताएको महामन्त्री थापाले जानकारी दिएका छन्।
उनले भने, ‘मतदाता नामावली संकलन प्रक्रिया अस्तव्यस्त छ। प्रारम्भमै दुःख झेल्नुपर्ने आक्रोश छ। त्यो राख्यौं। काठमाडौंका लागि छुट्टै र बाहिरका लागि थप केन्द्र बढाएर नामावली संकलन गर्ने प्रस्ताव राख्यौं। उहाँहरु त्यसका लागि सकारात्मक हुनुहुन्छ।’
यसैगरी स्थानीय तहमै पुगेर नामावली संकलन गर्नेमा पनि छलफल भएको उनले बताए। केही राजनीतिक सहमति जुटाएर उक्त कार्य गर्न सकिनेमा पनि आयोग सकारात्मक रहेको उनीहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।